पोखरामा लागूऔषधसहित तीन जना पक्राउ

240 पटक पढिएको

१४ श्रावण २०८२, बुधबार ०६:५९ सम्पादक: धादिङ न्यूज

पोखरा । पोखरामा लागूऔषधसहित तीन जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा धादिङका राजन क्षेत्री र अन्य ठाउँका दुई जना समेत गरी तीन जना रहेका छन् ।

पोखरा महानगरपालिका वडा नं २७ तालचोकस्थित पृथ्वी राजमार्गमा सवारीसाधन चेकजाँच गर्दा लुकाईछिपाई ब्राउनसुगर जस्तो देखिने चार ग्राम तीन सय मिलिग्राम पदार्थ पोखरा ल्याउँदै गरेको अवस्थामा उनीहरुलाई कास्की प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुको साथबाट तीन थान मोवाइलसमेत बरामद गरिएको प्रहरीको भनाई छ ।

पक्राउ पर्नेमा तनहुँ म्याग्दे गाउँपालिकाका ३८ वर्षीय कमल थापा, धादिङका ३१ वर्षीय राजन क्षेत्री र मोरङ सुन्दरहरैचाका ४२ वर्षीय सत्यनारायण चौधरी छन् ।

उनीहरुलाई कास्की जिल्ला अदालतबाट लागूऔषधसम्बन्धी कसूरमा १० दिन म्याद थप गरी थप अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।