धादिङ लेखनाथ कल्याणकारी समाज कास्कीबाट त्रिपुरासुन्दरी मन्दिर नजिकै बृक्षारोपण

491 पटक पढिएको

१५ श्रावण २०८२, बिहीबार २०:४२ सम्पादक: धादिङ न्यूज

धादिङ-धादिङ लेखनाथ कल्याणकारी समाज कास्की पोखराले साउन १५ गते धादिङ जिल्लाको त्रिपुरासुन्दरी गाउँ पालिका वडा नम्बर ४ मा रहेको धार्मिक तथा पर्यटकीय क्षेत्र सल्यानकोटीमाइ त्रिपुरासुन्दरी मन्दिरको वरपर बृक्षारोपण गरेको छ ।
त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ४ वडा अध्यक्ष कपिल देव सिम्खडाको प्रमुख अतिथ्यतामा सम्पन्न भएको गर्यो बृक्षरोपण कार्यमा गाउँपालिकाका कार्यपालिका सदस्य अर्जुन बिसुन्केका साथै स्थानीय शिक्षक तथा विभिन्न क्षेत्रमा कार्यरत व्यक्तिहरुको उत्साहजनक उपस्थिती रहेको थियो ।

धादिङ जिल्लाबाट पोखरामा गएर विभिन्न पेशा व्यवसायमा संलग्नहरु मिलेर स्थापना भएको कल्याणकारी समाजले बिभन्न विद्यालयहरुमा अक्षयकोष निर्माण गर्नुका साथै आपतकालिन राहत सहयोग लगायतका कार्य गर्दै आइरहेको समाजका अध्यक्ष प्रेम दुवाडीले बताउनु भयो ।

बृक्षारोपण कार्यक्रममा धुपी,आँप, लिची, कपुर,चमेली फुल ,अशोका, वेलपत्र पैयँु लगायत १३५ वटा बिरुवाहरु रोपिएको कार्यक्रमका सयोजक तिलक रोक्काले डिन्यूजलाई बताउनु भयो ।