सुनचाँदीको मुल्य आज घट्यो, तोलाको कति पुग्यो ?

173 पटक पढिएको

१६ श्रावण २०८२, शुक्रबार १२:३३ सम्पादक: धादिङ न्यूज

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुन तोलाको ५ सयले घटेर तोलाको एक लाख ९३ हजार एक सयमा कारोबार भइरहेको छ । यसअघि विहिबार सुन तोलाको एक लाख ९३ हजार ६ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ३५ रुपैयाँले घटेर २२३५  रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि विहिबार चाँदी तोलाको २२७० मा कारोबार भएको थियो ।