नुवाकोट तारकेश्वर -६ का वडा अध्यक्ष नारायण रिमालको निधन ,पालिकाले दियो शोक बिदा

512 पटक पढिएको

१९ श्रावण २०८२, सोमबार ०८:३७ सम्पादक: धादिङ न्यूज

धादिङ । नुवाकोटको तारकेश्वर गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष नारायणप्रसाद रिमालको निधन भएको छ । उनको उपचारका क्रममा काठमाण्डौंको बीर अस्पतालमा साउन १९ गते सोमबार विहान ३ वजे निधन भएको हो ।

नेकपा एमाले नुवाकोट जिल्ला सचिवालय सदस्यसमेत रहेका ४५ वर्षीय रिमाल अस्वस्थ भएपछि अस्पताल भर्ना भएका थिए ।

गाउँपालिका अध्यक्ष शिव अधिकारीका अनुसार उपचारका क्रममा उनको निधन भएको हो । उनको निधनमा पालिकाले आज तारकेश्वर गाउँपालिकामा शोक बिदा दिएको छ ।

गाउँपालिका अध्यक्ष अधिकारीले वडाध्यक्ष रिमालको निधनले गाउँपालिकाले विकासप्रेमी, समन्वयकारी जनप्रतिनिधि गुमाउनु परेकामा दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनामा हार्दिक समवेदना व्यक्त गर्नु भएको छ ।

रिमाल गत स्थानीय तह निर्वाचनमा नेकपा एमालेतर्फबाट उम्मेदवार बनेर वडा नं. ६ को वडाध्यक्षमा विजयी बनेका थिए ।

साउन १३ गते सम्म वडामा काम गरिरहेका रिमाललाई अचानक ज्वरो आएपछि उपचारका लागि अस्पताल लगिएको र उपचारकै क्रममा मृत्यु भएको खबरले स्तव्ध बनाएको उनका वालसखा विनोदबाबु रिमालले वताउनु भयो ।

स्वर्गिय रिमालका श्रीमती १ छोरा १ छोरी छन् ।