पत्रकारिता समाजको ऐना हो, ऐनाले जे देख्छ त्यहि देखाउँछ -आन्तरिक मामिला तथा कानून मन्त्री अधिकारी

344 पटक पढिएको

२१ भाद्र २०८२, शनिबार ११:०२ सम्पादक: धादिङ न्यूज

धादिङ–बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री शिवराज अधिकारीलाई नेपाल पत्रकार महासंघ धादिङले सम्मान गरेको छ ।

धादिङ जिल्लाको राजनैतिक क्षेत्रमा निष्ठावान व्यक्तिका रुपमा पहिचान बनाउनु भएका मन्त्री अधिकारी वागमती प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्री बन्नु भएकोमा नेपाल पत्रकार महासंघ धादिङले जिल्लाका पत्रकारहरुको तर्फबाट उहाँलाई बधाई दिनुका साथै सम्मान गरेको हो ।

शनिवार महासंघको कार्यालयमा भएको सम्मान कार्यक्रम पछि वोल्दै मन्त्री अधिकारीले ‘पत्रकारिता भनेको समाजको ऐना हो, आंफु जस्तो र जे अवस्थामा छ ऐनाले त्यहि देखाईदिने हुनाले ऐनामा देखिएपछि भन्दा देखिनु अघिनै हरेक व्यक्तिले आंफु चनाखो हुनुपर्ने’ बताउनु भयो । निडर, निरन्तर र इमान्दारीताका साथ आफ्नो जिम्मेवारी बहन गर्न सबैले प्रतिबद्ध हुनुपर्ने मन्त्री अधिकारीले जोड दिनु भयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघको केन्द्रिय प्रतिनिधी परिषद सदस्य केशव अधिकारीले आम पत्रकारहरुको तर्फबाट मन्त्री अधिकारीलाई शुभकामना दिंदै कार्यकाल सफलताको शुभकामनाका साथ वागमती प्रदेशका सञ्चारक्षेत्रको विकास,प्रवद्र्धन र पत्रकारहरुको हितमा केही नयाँ काम गर्न सुझाव दिनु भएको थियो ।

पत्रकार महासंघ धादिङका अध्यक्ष सीताराम अधिकारीको अध्यक्षतामा भएको सम्मान तथा बधाई कार्यक्रममा  नेपाल पत्रकार महासंघ धादिङका पदाधिकारी, सदस्य तथा विभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकारहरुको उपस्थिती रहेको थियो ।

मन्त्री अधिकारीले नेपाल पत्रकार महासंघ धादिङका संस्थापक सीताराम वर्माको शालिकमा पुष्पगुच्छा अर्पण समेत गर्नु भएको थियो ।

मन्त्री अधिकारीलाई यस अघि पनि जिल्लाका विभिन्न संघ संस्थाहरुको तर्फबाट बधाई तथा शुभकामना प्रदान गरिएको थियो ।