सुनको मूल्य ऐतिहासिक उच्च, चाँदीमा पनि वृद्धि

483 पटक पढिएको

२२ भाद्र २०८२, आईतवार ११:५६ सम्पादक: धादिङ न्यूज

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य नयाँ कीर्तिमानमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुन तोलामा रु. १,६०० ले बढेर रु. २ लाख १२ हजारमा कारोबार भइरहेको छ। यसअघि शुक्रबार सुन तोलामा रु. २ लाख १० हजार ४ सयमा कारोबार भएको थियो। यो सुनको अहिलेसम्मकै उच्च मूल्य हो।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। महासङ्घका अनुसार आइतबार चाँदी तोलामा रु. १० ले बढेर रु. २,५०० पुगेको छ। शुक्रबार यसअघि चाँदी तोलामा रु. २,४९० मा कारोबार भएको थियो।

सुनचाँदीको मूल्य लगातार बढ्दै गएसँगै लगानीकर्ताहरू तथा गहना व्यवसायीहरूमा उत्साहसहित चासो पनि बढेको देखिएको छ। अन्तर्राष्ट्रिय बजारमा भइरहेको उतारचढावले नेपाली बजारमा प्रत्यक्ष प्रभाव पार्ने भएकाले मूल्य अझै परिवर्तन हुन सक्ने व्यवसायीहरूको अनुमान छ।