नयाँ पुस्ताका अगाडि घुँडा टेके प्रधानमन्त्रीले दिए राजिनामा
300 पटक पढिएको
भरतपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले अन्ततः नयाँ पुस्ताका अगाडि घुँडा टेकेका छन्। सोमबारदेखि चर्किएको आन्दोलनले प्रधानमन्त्री ओलीलाई मङ्गलबार घुँडा टेकाएको हो।
तसर्थ उनले भर्खरै पदबाट राजीनामा दिएका छन्।
मङ्गलबार बिहानसम्म पनि नगलेका ओली सत्ता साझेदार दलका मन्त्रीहरुले राजीनामा दिने, प्रतिपक्षी दलका सांसदहरुले पनि राजीनामा दिने र प्रदर्शन झन् चर्किन थालेपछि बल्ल पदबाट राजीनामा दिएका हुन्।







