राज्यका तीनै अंग प्रदर्शनकारीको कब्जामा
385 पटक पढिएको
काठमाडौं । मंगलबार राजधानीमा उग्र बनेको प्रदर्शनका क्रममा राज्यका तीनै अंग ,कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका प्रदर्शनकारीको कब्जामा पुगेका छन् ।
प्रदर्शनकारीले सिंहदरबारभित्र प्रवेश गरी विभिन्न मन्त्रालय कार्यालयमा आगजनी र तोडफोड गरेका थिए । त्यसपछि दिउँसो बानेश्वरस्थित संसद् भवनमा समेत उनीहरूले आगजनी गरेका छन् ।
यसैबीच, सर्वोच्च अदालत परिसरमा समेत प्रदर्शनकारी प्रवेश गरी तोडफोड गरेको प्रहरीले पुष्टि गरेको छ ।
राजधानीमा राज्यका तीनै अंगका प्रमुख कार्यालयहरूमा एकैपटक प्रदर्शनकारीको नियन्त्रण पुगेसँगै स्थिति झनै संवेदनशील बनेको सुरक्षास्रोतले जनाएको छ ।







