वार्तामा बस्दै जेनजी प्रतिनिधि

302 पटक पढिएको

२५ भाद्र २०८२, बुधबार ०६:२१ सम्पादक: धादिङ न्यूज

काठमाडौं, २५ भदौ । जेनजी आन्दोलनपछि समस्या समाधानका लागि आजदेखि औपचारिक वार्ता सुरु हुने भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलको रोहबरमा वार्ता आयोजना हुने तयारी भएको स्रोतले जनाएको छ।

नेपाली सेनाको पहल र राष्ट्रपति पौडेलले गरेको विशेष अपिलपछि जेनजी पक्ष वार्तामा बस्न सहमत भएको हो। मंगलबार राष्ट्रपति पौडेल र प्रधानसेनापति अशोकराज सिक्देल दुवैले वार्ता मार्फत समाधान खोज्न अपिल गरेका थिए।

वार्तामा नयाँ नागरिक सरकार गठनलगायत संवेदनशील विषयमा छलफल हुने बुझिएको छ। स्रोतका अनुसार नेपाली सेनाले वार्ताको सम्पूर्ण प्रावधानिक व्यवस्था मिलाएको हो।