नीलकण्ठ नगरपालिका भित्रका विद्यालयमा तीन दिन शोक विदा

351 पटक पढिएको

२५ भाद्र २०८२, बुधबार १०:४८ सम्पादक: धादिङ न्यूज

धादिङ । धादिङको नीलकण्ठ नगरपालिकाले भदौ २५ देखि २७ गते सम्म नगरपालिकामा  अन्र्तगत रहेका बिद्यालयमा शोक बिदा दिएको छ ।

सोमबार र मंगलबार काठमाडौँ लगायत देशभरका सहरमा जेनजी पुस्ताको प्रदर्शनका क्रममा भएको दुखद् घटनामा ज्यान गुमाएका नागरिकप्रति शोक व्यक्त गर्दै  नगरपालिका  अन्र्तगत रहेका बिद्यालयमा ३ दिन सम्म शोक विदा दिने निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कँडेलले बताउनु भयो ।

सुशासन,समानता र न्यायिक अधिकारको माग राखी २०८२ भाद्र २३ र २४ गते भएको आन्दोलनको क्रममा ज्यान गुमाएका जेन पुस्ताका युवाहरुको निधनले नीलकण्ठ नगरपालिका मर्माहित बनेको बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रमुख प्रशासकीय अधिकृत कँडेलले बुधबार बिहान शोक विदा सम्वन्धी सूचना प्रकाशित गर्दै भदौ २५ गते बुधबार देखि २७ गते शुक्रवार सम्म नीलकण्ठ नगरपालिका अन्र्तगत रहेका बिद्यालयमा शोक विदा दिने निर्णय गरिएको जानकारी दिनु भएको हो ।