वीरगन्ज कारागारको अवस्था तनावग्रस्त

175 पटक पढिएको

२५ भाद्र २०८२, बुधबार १४:२१ सम्पादक: धादिङ न्यूज

वीरगन्ज । वीरगन्ज कारागारको अवस्था तनावग्रस्त बनेको छ ।

कैदीहरु कारागार भित्र तोडफोड र पर्खाल भत्काएर भाग्ने प्रयास गरेपछि सुरक्षाकर्मी झडप भएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले कैदीलाई रोक्न कैयौं राउण्ड फायर समेत र अश्रु ग्यास प्रहार गरेका छन् ।

पर्साका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीका अनुसार मंगलबार राति देखिनै कैदीहरुले भाग्ने प्रयास गरेको र बुधबार बिहानदेखि अवस्था तनावग्रस्त बनेको छ । कारागारमा महिला र पुरुष गरी १३ सयभन्दा बढी कैदीबन्दी रहेको बताइएको छ ।