संविधानको रक्षा र नागरिक सर्वोच्चताको पक्षमा धादिङबेसीमा नागरिक समाजको मौन प्रदर्शन

234 पटक पढिएको

२७ भाद्र २०८२, शुक्रबार १५:३७ सम्पादक: धादिङ न्यूज

 

धादिङ – शान्ति र लोकतन्त्रको पक्षमा सक्रिय नागरिक समाज ( पापड)ले संविधानको रक्षा र नागरिक सर्वोच्चताको पक्षमा  धादिङबेसीको बीचवजार चोकमा मौन प्रदर्शन गरेको छ।

शुक्रवार दिउँसो आयोजना गरिएको कार्यक्रममा धादिङ जिल्लामा कृयाशील विभिन्न नागरिक संघ–संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

प्रदर्शनका क्रममा सहभागीहरूले “संविधान बचाऔं, नागरिक सर्वोच्चता कायम गर, मानवअधिकारको रक्षा गर” भन्ने नारा लेखिएका प्लेकार्ड बोकेका थिए।