संबैधानिक व्यवस्था विपरित संसद विघटन भएको माओवादीको ठहर

262 पटक पढिएको

२७ भाद्र २०८२, शुक्रबार २२:१३ सम्पादक: धादिङ न्यूज

 

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले संबैधानिक व्यवस्था विपरित संसद विघटन भएको ठहर गरेको छ ।

शुक्रबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा बसेको आकस्मिक भर्चुअल बैठकले मुलुकको वर्तमान अस्थिर परिस्थिति, जनताको आकांक्षा र संवैधानिक व्यवस्थाबारे गम्भीर छलफल गर्दै संबैधानिक व्यवस्था विपरित संसद विघटन  र अन्तरिम सरकार बनेको जनाएको छ ।

पार्टीले मुलुकलाई संवैधानिक बाटोबाटै निकास दिनुपर्नेमा जोड दिँदै  अस्थायी सरकारप्रति पार्टीको स्पष्ट धारणा प्रस्तुत गरेको छ।

मिति २०८२ भदौ २७ गते शुक्रबार प्रवक्ता समेत रहेका उपाध्यक्ष कृष्णबहादुर महराद्वारा हस्ताक्षरित विज्ञप्तिमा माओवादी केन्द्रले मुलुकको राजनीतिक अवस्थाबारे आगामी दिनमा आवश्यक कदम चाल्ने संकेत पनि गरेको हो ।