नारायणगढ–मुग्लिन सडकखण्ड अझै ठप्प, तुइनखोलामा ठूलो पहिरो

308 पटक पढिएको

४ आश्विन २०८२, शनिबार ०७:३९ सम्पादक: धादिङ न्यूज

भरतपुर, ४ असोज । नारायणगढ–मुग्लिन सडकखण्डको तुइनखोला नजिक ठूलो पहिरो खसेपछि शुक्रवार साँझदेखि अवरुद्ध भएको सडक अझै पनि खुल्न सकेको छैन।

शुक्रबार साँझ ७:१५ बजे खसेको पहिरोका कारण दुवैतर्फको सवारी आवागमन पूर्णरूपमा अवरुद्ध छ। इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक प्रतिक सिंहका अनुसार राति झन् ठूलो पहिरो खस्नुका साथै ढुङ्गा निरन्तर खसिरहेकोले पन्छाउने काममा कठिनाई हुन पुगेको हो ।

ढुङगा झर्ने क्रम रोकिए तीन वटा मेसिन प्रयोग गरेर पहिरो पन्छाउने काम गरिने उहाँले बताउनुभयो । ‘राती झन् ठूलो पहिरो खसेको छ,उहाँले भन्नुभयो,ढुङ्गा झर्ने क्रम नरोकिएकाले काम सुरु गर्न सकिएको छैन । सवारीसाधनको जामका कारण काठमाडौं पोखरा चल्ने सवारीसाधन समेत बाटोमानै रोकिएका छन । प्रहरीले सवारी चालकलाई लेन कायम गरेर बस्न माइकिङ गरेको छ । यस्तै नारायणगढ मुग्लिन सडकमा रोकिएका सवारीसाधनलगायत यात्रुहरूलाई आफ्नो लेन कायम गरेर बस्न समेत अनुरोध गरिएको छ । गन्तव्यमा हिडेका सयौं सवारीसाधन र हजारौं यात्रु अहिले सडकमानै रोकिएका छन ।

पहिरो खस्न नरोकिएका कारण सवारी साधनलाई बैकप्लिक मार्ग प्रयोग गरेर यात्रा गर्न प्रहरीले अनुरोध गरेको छ ।