गजुरी बजारमा सरसफाइ कार्यक्रम सम्पन्न
238 पटक पढिएको
धादिङ, असोज ४ । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत गजुरी गाउँपालिका–१, गजुरी बजारमा शनिबार बिहान सरसफाइ कार्यक्रम सम्पन्न गरिएको छ।
बिहान ७:०० बजेदेखि ९:३० बजेसम्म सञ्चालन भएको कार्यक्रममा गजुरी गाउँपालिका अध्यक्ष गणेश लाल श्रेष्ठ, नेपाली सेनाको भैरव गण गजुरी, जिल्ला प्रहरी कार्यालयका प्र.नि. सुन्दर कुमार यादवसहितको ११ सदस्यीय प्रहरी टोली, सशस्त्र प्रहरी बल नेपाल विपद व्यवस्थापन गुल्म आदमघाट, स्थानीय जनप्रतिनिधि तथा नागरिकहरूको सक्रिय सहभागिता रहेको थियो।
कार्यक्रममार्फत बजार क्षेत्र सरसफाइसँगै स्थानीयमा स्वच्छता र सामुदायिक सहकार्यको महत्वबारे जनचेतना फैलाइएको आयोजकले जनाएको छ।








https://shorturl.fm/nsi9V