जवाङखोलामा सुख्खा पहिरो,मुग्लिन–काठमाडौँ सडकखण्ड दुईतर्फी अवरुद्ध

317 पटक पढिएको

७ आश्विन २०८२, मंगलवार ०६:०७ सम्पादक: धादिङ न्यूज

धादिङ – धादिङको बेनीघाट रोराङ गाउँपालिका–१०, जवाङखोलामा सुख्खा पहिरो गएपछि मुग्लिन–काठमाडौँ सडकखण्ड दुईतर्फी अवरुद्ध भएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका अनुसार पहिरो झर्ने क्रम अझै निरन्तर रहेकाले तत्काल सडक खुलाउने काम गर्न नसकिने अवस्था रहेको छ। यस कारण यात्रु र स्थानीयलाई सुरक्षित स्थानमा रहन र लेन अनुशासन कायम गर्न अनुरोध गरिएको छ।पहिरोका कारण राती देखि सवारी साधन रोकिएका छन्

प्रहरीले यात्रा सुरु गर्नु अघि सम्पर्क गर्न निम्न फोन नम्बर सार्वजनिक गरेको छः
१००, १०३, ९८५१२८३४८०, ९८५१२८६१००, ९८५१२८२६६४, ९८५५०९०१२०।