तुईन खोलाको पहिरो पन्छाउन अझै दुई दिन लाग्ने
376 पटक पढिएको
चितवन । चितवनको मुग्लिन-नारायणगढ सडकखण्ड अन्तर्गत तुइन खोलामा खसेको पहिरो पन्छाउन दुई दिन लाग्ने भएको छ। मङ्गलबार दिउँसो ४ः३० बजे खसेको पहिरो आज बिहानदेखि पन्छाउने कार्य सुरु गरिएको डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख नारायण लामिछानेले जानकारी दिएका छन्।
उनका अनुसार पहिरो पन्छाउन दुई वटा लोडर, एउटा स्काभेटर र एउटा भ्याकुलोडर परिचालन गरिएको छ भने दमौलीबाट अर्को स्काभेटर समेत मगाइएको छ। सडकको १६० मिटर भाग पहिरोले पुरिएको छ। माथिबाट ठूलो पहिरो खस्ने सम्भावना कम भए पनि बाँकी ढुङ्गा नझरेकाले साना तथा मझौला पहिरो खस्न सक्ने जोखिम रहेको कार्यालयले जनाएको छ।
सो क्षेत्रमा गत शुक्रबारदेखि निरन्तर पहिरो खसिरहेको छ। समय समयमा पन्छाएर केही सवारी चलाइए पनि मङ्गलबार साँझदेखि सडक पूर्ण रूपमा अवरुद्ध भएको हो। अहिले यात्रुवाहक सवारी साधनलाई वैकल्पिक मार्गमा पठाइएको छ भने मालवाहक सवारी साधन लाममा अड्किएका छन्।









https://shorturl.fm/Us5GM
https://shorturl.fm/d6K5g
https://shorturl.fm/xlMo3