नेपाल र ओमान टी–२० विश्वकप २०२६ का लागि छनोट

226 पटक पढिएको

२९ आश्विन २०८२, बुधबार २०:२५ सम्पादक: धादिङ न्यूज

काठमाडौँ ।नेपाल र ओमानले आगामी आइसीसी टी-२० विश्वकप २०२६ मा सहभागिता सुनिश्चित गरेका छन्।

सुपर सिक्स अन्तर्गत आज सम्पन्न खेलमा युएईले सामाओलाई पराजित गरेसँगै नेपाल र ओमान दुवै टोली विश्वकपका लागि छनोट भएका हुन्।

अब नेपाल र ओमानले भारत र श्रीलंकामा आगामी माघ २४ देखि फागुन २४ सम्म आयोजना हुने विश्वकपमा प्रतिस्पर्धा गर्नेछन्।

एसिया र इस्ट एसिया–प्यासिफिक क्षेत्रबाट छनोट हुने तेस्रो देशको टुंगो भोली हुने युएई र जापानबीचको खेलपछि लाग्नेछ।

त्यस्तै, कतार र सामाओ भने विश्वकपको छनोट यात्राबाट बाहिरिएका छन्।

यसैबीच, आज केहीबेरपछि सुपर सिक्स अन्तर्गतको खेलमा नेपाल र ओमान आमनेसामने हुँदैछन्।