तिहार सकिए पनि आज तिहारकै सार्वजनिक बिदा

277 पटक पढिएको

७ कार्तिक २०८२, शुक्रबार ०६:४१ सम्पादक: धादिङ न्यूज

काठमाडौं – यमपञ्चक अर्थात् तिहार बिहीबार नै सकिए पनि आज (शुक्रबार) पनि सरकारले तिहारकै नाममा सार्वजनिक बिदा दिएको छ। गृह मन्त्रालयले प्रकाशन गरेको राजपत्र अनुसार कात्तिक ३ देखि ७ गतेसम्म तिहारका लागि बिदा तोकिएको छ।

तिथि घटबढका कारण यस वर्ष तिहार बिदा लम्बिएको हो। यसअघि लक्ष्मीपूजा र भाइटीकाको बीचमा परेको कात्तिक ४ गते पनि अतिरिक्त बिदा दिइएको थियो।

कुनै पर्व नपरेको मंगलबार पनि तिहारकै नाममा सार्वजनिक बिदा परेको थियो। यसरी सोमबारदेखि लगातार बन्द भएका सरकारी कार्यालयहरू अब आगामी आइतबारदेखि मात्र खुल्ने भएका छन्।