एमालेको सचिवालय बैठक १५ कात्तिकमा

210 पटक पढिएको

११ कार्तिक २०८२, मंगलवार २१:३५ सम्पादक: धादिङ न्यूज

काठमाडौं -नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आगामी १५ कात्तिकका लागि सचिवालय बैठक बोलाएको छ। पार्टीका केन्द्रीय संगठन विभागका सचिव माधव ढुंगेलका अनुसार, बैठक महाधिवेशनको तयारीमा केन्द्रित हुनेछ।

ढुंगेलले भने, “यो बैठक महाधिवेशनको तयारीमा केन्द्रित हुनेछ। त्यसपछि निरन्तर सचिवालय बैठक बस्नेछ।” बैठकमा विधान प्रतिवेदन, महाधिवेशन प्रतिनिधि चयनका मापदण्ड लगायतका विषयमा छलफल हुने जनाइएको छ।