रणकालिका मन्दिरको १८ गते बेलुकाको बृहत् सांस्कृतिक कार्यक्रम स्थगित
284 पटक पढिएको
गल्छी (धादिङ)- धादिङको गल्छी गाउँपालिका–४ स्थित श्री किराञ्चोक रणकालिका मन्दिर परिसरमा कार्तिक १८ गते बेलुका तय गरिएको बृहत् सांस्कृतिक कार्यक्रम स्थगित गरिएको छ।
मन्दिर संरक्षण समितिका अध्यक्ष शंकर भण्डारीका अनुसार अनुसार २०८२ साल कार्तिक १८ गते बेलुका रातभर स्थानीय तथा राष्ट्रिय कलाकारहरूको सहभागितामा हुने भनिएको सांस्कृतिक कार्यक्रम हालको मौसम अनुकूल नहुन सक्ने र केही कलाकारहरू उपस्थित हुन नसक्ने भएकाले स्थगित गरिएको हो।
समितिले आईतबार जारी गरेको सूचनामा भनिएको छ,
“हालको मौसमी अवस्था सफा हुने निश्चित नभएकाले बृहत् सांस्कृतिक कार्यक्रम स्थगन गरिएको छ। तथापि, परम्परागत धार्मिक विधिहरू भने निर्धारित तिथिमै सञ्चालन हुनेछन्।”
स्थानीय परम्परा अनुसार सो दिन मन्दिर परिसरमा फुलको डोली ल्याउने, बाजागाजासहित मेला भर्ने , बत्ती बाल्ने, नाचगान, भजनकिर्तन लगायतका धार्मिक क्रियाकलाप यथावत रहनेछन्।
मन्दिर संरक्षण समितिले मेला अवधिमा मन्दिर परिसरमा सजावट, सरसफाइ, पानी, बत्ती, शौचालय, र भक्तजनहरूको सुविधाका लागि टेन्ट, पाल, प्लास्टिक आदिको तयारी भइरहेको जनाएको छ।
त्यसैगरी, मेला अवधिमा पसल वा व्यापार गर्न चाहनेले समितिले तोकेको स्थानमा मात्र व्यवसाय सञ्चालन गर्नुपर्ने सूचनामा उल्लेख गरिएको छ।








https://shorturl.fm/altW4