गिभ लभ्स फाउन्डेसनद्वारा विद्यार्थीलाई न्यानो कपडा र ब्याग वितरण

273 पटक पढिएको

२४ कार्तिक २०८२, सोमबार २०:२४ सम्पादक: धादिङ न्यूज

रुवीभ्याली ,धादिङ । धादिङको रुवीभ्याली गाउँपालिका–३ सेर्तुङस्थित श्री खार्सा गाउँ आधारभूत विद्यालय र  च्याम्रादेवी माध्यमिक विद्यालयका सबै बालबालिकालाई गिभ लभ्स फाउन्डेसन ले विद्यार्थी ब्याग, ज्याकेट, न्यानो पाइन्ट र टोपी वितरण गरेको छ।

फाउन्डेसनका संस्थापक  भान्टे पिटरले पठाएको सन्देशमा बालबालिकालाई लगनशील भएर अध्ययन गर्न, भविष्यमा सफल जीवन निर्माण गर्न र समाजमा सकारात्मक योगदान दिन प्रेरणा व्यक्त गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि रुवीभ्याली गाउँपालिकाका अध्यक्ष रामसिंह तामाङले विदेशमा रहेर पनि यहाँका बालबालिकाको शिक्षा र आवश्यकता प्रति चिन्ता लिएर सहयोग उपलब्ध गराउनु प्रशंसनीय रहेको बताए। उनले यस्ता सहयोगले ग्रामीण विद्यालयका विद्यार्थीमा अध्ययनप्रतिको उत्साह बढाउने उल्लेख गर्दै फाउन्डेसनप्रति आभार व्यक्त गरे।

उपाध्यक्ष फेलामा तामाङले पनि गिभ लभ्स फाउन्डेसनले वितरण गरेको न्यानो कपडा र ब्यागले बालबालिकामा आत्मविश्वास र खुशी थपिएको बताए। उनले गाउँका विद्यार्थीप्रति देखाएको माया, सद्भाव र निरन्तर सहयोगको लागि धन्यवाद व्यक्त गरे।

कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। फाउन्डेसन तर्फबाट निरगमान महर्जन, सुदिप महर्जन तथा हिमालय टाइम्सका फोटो पत्रकार विनोद महर्जन स्वयंसेवकको रूपमा सहभागी थिए।

गिभ लभ्स फाउन्डेसनले आगामी दिनहरूमा पनि शिक्षा र बालबालिकाको हितका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।