स्याङ्जाको हरिनासमा शान्ति–सुरक्षा तथा सेवा प्रवाह सहजिकरणबारे अन्तरक्रिया

261 पटक पढिएको

२८ कार्तिक २०८२, शुक्रबार ०७:३५ सम्पादक: धादिङ न्यूज

स्याङ्जा । जिल्ला प्रशासन कार्यालय स्याङ्जाको आयोजना तथा हरिनास गाउँपालिकाको व्यवस्थापनमा शान्ति सुरक्षा, अपराध नियन्त्रण, लागुऔषध दुरुपयोग नियन्त्रण, उपभोक्ता सचेतना र सेवा प्रवाह सहजिकरण सम्बन्धी सचेतनामूलक अन्तरक्रिया कार्यक्रम कार्तिक २७ गते सम्पन्न भएको छ।

कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी इश्वरी प्रसाद अर्याल रहेको उक्त कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेल, प्रमुख प्रहरी उपरीक्षक दधिराम न्यौपाने, जिल्ला समन्वय समितिका उपप्रमुख खडक राज सुवेदी, हरिनास गाउँपालिकाका अध्यक्ष खिम नारायण मानन्धर, उपाध्यक्ष इन्द्र कुमारी थापा राना लगायत गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरूको उल्लेखनीय उपस्थिति थियो।

कार्यक्रममा वडा सचिव, राजनीतिक दलका प्रतिनिधि, स्थानीय व्यापारी तथा व्यवसायी, माध्यमिक विद्यालयका प्र.अ, स्थानीय युवा क्लब तथा आमा समूहका अध्यक्ष/प्रतिनिधि, पत्रकार तथा सञ्चारकर्मी, होमस्टे संचालक/प्रतिनिधिहरूको समेत सक्रिय सहभागिता रहेको थियो।

अन्तरक्रियाका क्रममा घटना दर्ता, शान्ति–सुरक्षा व्यवस्थापन, लागुऔषध नियन्त्रण, उपभोक्ता अधिकार, विभिन्न प्रशासनिक सेवा प्रवाह लगायतका विषयमा स्थानीयले राखेका जिज्ञासाहरूमा सरोकारवाला निकायका अधिकारीहरूले विस्तृत रुपमा जानकारी दिएका थिए ।