नवलपुरको गडारखोलामा स्कुटर दुर्घटना, धादिङ निलकण्ठ –५ का २६ वर्षीय शिवजी ओस्तीको मृत्यु

473 पटक पढिएको

४ मंसिर २०८२, बिहीबार ११:०० सम्पादक: धादिङ न्यूज

नवलपुर- मध्यबिन्दु नगरपालिका–८ गडारखोला नजिकै पूर्व–पश्चिम राजमार्गमा आज बिहान भएको बस–स्कुटर दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएकी छिन्।

बिहान करिब ४:१५ बजे नारायणगढबाट बुटवलतर्फ जाँदै गरेको बा.प्र.०२–०२२प ८९५५ नम्बरको स्कुटरलाई विपरित दिशाबाट आइरहेको सु.प्र.०२–००१ख १३७१ नम्बरको बसले ठक्कर दिएको प्रहरी जनाएको छ।

दुर्घटनामा स्कुटर चालक धादिङ, निलकण्ठ नगरपालिका–५ का २६ वर्षीय शिवजी ओस्ती गम्भीर घाइते भएका थिए। उपचारका क्रममा मध्यबिन्दु प्रादेशिक अस्पताल डण्डामा बिहान ५:२८ बजे उनको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ। मृतकको शव सोही अस्पतालमा राखिएको छ।

स्कुटरमा पछाडि सवार उदयपुर गाईघाटकी २१ वर्षीया निरु शाह दाहिने खुट्टामा चोट लागेर घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको र अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ।