वरिष्ठ पर्यटन व्यवसायी मेघराज नहर्कीको निधन, सिद्धलेकको शिक्षा–स्वास्थ्य र पर्यटन क्षेत्रमा अपूरणीय क्षति
311 पटक पढिएको
धादिङ – धादिङले एक साहसी, विनम्र र दूरदर्शी उद्यमशील व्यक्तित्व गुमाएको छ।
शहरको सुख सुविधालाई छाडेर गाउँ फर्किएर सम्भावना खोज्दै पर्यटनको माध्यमबाट समाजमा शिक्षा स्वास्थ्यमा उल्लेखनिय योगदान पु¥याउँदै आईरहेका “रिटर्नी हिप्पी” भनेर चिनिएका मेघराज नहर्कीको निधन भएको छ ।
वरिष्ठ पर्यटन व्यवसायी तथा समाजसेवी मेघराज नहर्कीको निधनले सिद्धलेक गाउँपालिका साथै समग्र पर्यटन क्षेत्रमा ठूलो क्षति पुगेको छ। उनी सिद्धलेक–२ नलाङ निवासी थिए। विक्रम सम्वत २०१८ सालमा जन्मिएका नहर्कीको २०८२ साल मंसिर ६ गते उपचारको क्रममा शुक्रवार भारतमा निधन भएको हो ।
ग्रामीण पर्यटनको विकासमा महत्वपूर्ण योगदान दिंदै आउनुभएका नहर्की श्रीवन नेचर क्याम्पका संचालक थिए। पर्यटन प्रवर्द्धनमार्फत स्थानीय रोजगार तथा ग्रामीण भौगोलिक सुन्दरताको प्रचार–प्रसारमा उनको उल्लेखनीय योगदान रहेको स्थानीयहरु बताउँछन्।
स्वर्गीय नहर्की सिद्ध समाज सेवा नेपालका संस्थापक अध्यक्ष समेत थिए। शिक्षा, स्वास्थ्य, समुदाय विकास र सामाजिक सेवामा उनको सक्रिय भूमिकाले गाउँपालिका भित्र धेरै सकारात्मक परिवर्तन ल्याएको थियो।
उनको असामयिक निधनप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरिएको छ।








Alright, ktobet, let’s go! Heard good things about the odds here. Gonna give it a whirl and see if I can win some beer money. ktobet