डिप्रोक्स लघुवित्तद्वारा जेहेन्दार छात्रालाई छात्रवृत्ति वितरण

207 पटक पढिएको

८ मंसिर २०८२, सोमबार १४:४४ सम्पादक: धादिङ न्यूज

धादिङ। डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड, शाखा कार्यालय गजुरीले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत मंसिर ८ गते  सिद्धलेक गाउँपालिका–०१, बैरेनीस्थित मिन्दुका माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत जेहेन्दार तथा अनुशासित छात्रा सुरक्षा चेपाङलाई छात्रवृत्ति वितरण गरेको छ।

छात्रवृत्ति वितरण कार्यक्रम विद्यालयका प्रधानाध्यापक जनार्दन नेपाल तथा अन्य शिक्षक–शिक्षिकाको रोहबरमा सम्पन्न भयो।

संस्थाले छात्रा सुरक्षा चेपाङको शैक्षिक सफलता तथा उज्ज्वल भविष्यको कामना गर्दै आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वका गतिविधि निरन्तर रहने उल्लेख गरेको छ।


Alright, just checked out 7ggg and it’s… well, it is what it is. Not my usual go-to, but hey, different strokes for different folks! Check it out if you’re curious: 7ggg