बेलकोटगढीमा न्यायिक निरूपण सम्बन्धी अभिमुखीकरण तथा क्षमता वृद्धि कार्यक्रम सम्पन्न

216 पटक पढिएको

१२ मंसिर २०८२, शुक्रबार २१:१९ सम्पादक: धादिङ न्यूज

नुवाकोट । बेलकोटगढी नगरपालिकामा जनप्रतिनिधि तथा कर्मचारीहरूको न्यायिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित ‘न्यायिक निरूपण सम्बन्धी अभिमुखीकरण तथा क्षमता वृद्धि कार्यक्रम’ आज सम्पन्न भएको छ। कार्यक्रम नगरप्रमुख जगतबहादुर गुरुङ, उपप्रमुख शिवप्रसाद दाहाल, वडा अध्यक्षहरू तथा नगरपालिका कर्मचारीहरूको उपस्थितिमा सम्पन्न भएको हो।

 कार्यक्रममा व्यक्तित्व विकास, आमसञ्चार, समाज–प्रशासनिक व्यवहार, साहित्य र सार्वजनिक नेतृत्व जस्ता विषयमा विषयगत प्रस्तुति, छलफल र अन्तरक्रिया गरिएको थियो। सहभागी जनप्रतिनिधि तथा कर्मचारीहरूले कार्यक्रमभर उच्च उत्साह, जिज्ञासा र सक्रियता देखाएका थिए।

कार्यक्रममार्फत न्यायिक समितिसम्बन्धी भूमिका, जिम्मेवारी, विवाद समाधानको प्रक्रिया, स्थानीय तहमा न्यायिक निर्णयका आधारहरू तथा व्यवहारिक पक्षबारे विस्तृत अभिमुखीकरण प्रदान गरिएको नगरपालिकाले जनाएको छ।

न्यायिक सहजकर्ता बिदुर पुडासैनीसहितको प्रशिक्षण टोलीले स्थानीय न्यायिक कार्यसम्पादनका चुनौती, सुधारका उपाय तथा व्यावहारिक अभ्यासबारे प्रशिक्षण दिएको थियो।

नगरप्रमुख गुरुङ र उपप्रमुख दाहालले स्थानीय तहमा न्यायिक प्रक्रियाको प्रभावकारिता वृद्धि, पारदर्शिता र जनविश्वास कायम गर्न यस्ता कार्यक्रम आवश्यक रहेको बताएका छन्।

बेलकोटगढी नगरपालिकाले आगामी दिनमा पनि यस्ता क्षमता विकास कार्यक्रम निरन्तर सञ्चालन गर्ने जनाएको छ।


Asiajili, huh? Heard some chatter. Gave it a shot and… yeah, pretty decent! Especially if you’re into that Asian-themed stuff. Good variety. Check them out at asiajili.