नेफ्स्कुनका सञ्चालक नेकपाका केन्द्रीय सदस्य बीरबहादुर रावतले कुटे कर्मचारी

425 पटक पढिएको

१९ पुष २०८२, शनिबार ०८:०२ सम्पादक: धादिङ न्यूज

काठमाडौँ – नेफ्स्कुनका सञ्चालक तथा नेकपाका केन्द्रीय सदस्य बीरबहादुर रावत (भोटे)विरुद्ध कर्मचारीमाथि कुटपिट गरेको आरोप लागेको छ। काठमाडौँ आवतजावतका क्रममा भएको व्यक्तिगत खर्च संस्थाबाट असुल्न नपाएपछि कर्मचारी पुष्पराज तिम्सिनालाई कार्यालयभित्रै थुनेर कुटपिट गरिएको  भिडियो सार्वजनिक भएको हो।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन) को सुर्खेतस्थित सदस्य सेवा केन्द्रमा कार्यरत कर्मचारी पुष्पराज तिम्सिनाको कठालो समाएको भिडियो सार्वजनिक भएको छ ।  नेफ्स्कुनका सञ्चालक रावत २०७९ मा वीरेन्द्रनगर नगरपालिकाको उपमेयर उम्मेदवार थिए । ८८८ मत ल्याएका ५२ बर्षीय भोटे रेडियो बुलबुलेको अध्यक्ष हुन् ।

सार्वजनिक भिडियोमा कर्मचारीमाथि हातपात भएको देखिएको छ। घटनापछि भिडियो बाहिरिन सक्ने आशंकामा शक्ति र पहुँचको दुरुपयोग गर्दै पीडित कर्मचारीलाई नै प्रहरी नियन्त्रणमा पठाइएको आरोपसमेत लागेको छ।

यस्तै, नियमविपरीत ऋण दिन दबाब दिएको र त्यसलाई अस्वीकार गर्दा हातपात गरिएको आरोपसमेत सार्वजनिक भएपछि घटनाबारे छानबिन गरी दोषीलाई कानुनी कारबाही गर्न सम्बन्धित निकायसँग माग गरिएको छ।