भूमि त्रिपाठी एमालेको धादिङ जिल्ला इन्चार्ज तोकिए

338 पटक पढिएको

२२ पुष २०८२, मंगलवार २०:३४ सम्पादक: धादिङ न्यूज

काठमाडौं । नेकपा एमालेले  देशभरका जिल्लामा इन्चार्ज तोकेको छ। मंगलबार बसेको एमाले सचिवालय बैठकले केन्द्रीय नेताहरूको कार्यविभाजन गर्दै जिल्लामा इन्चार्ज नियुक्त गर्ने निर्णय गरेको हो।

बैठकको निर्णयअनुसार धादिङ जिल्लाको इन्चार्जमा भूमि त्रिपाठी लाई तोकिएको छ। यसअघि जिल्ला अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका त्रिपाठी पार्टीको महाधिबेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए। यस अघि धादिङको इन्चार्जमा खेम लोहनी रहनु भएको थियो । लोहनीलाई जिल्ला इन्चार्जको जिम्मेवारी नदिई पहिलो पटक  केन्द्रीय सदस्य बनेका त्रिपाठीलाई इञ्चार्ज बनाइएको छ

एमालेले सिन्धुली जिल्लाको इन्चार्जमा प्रदीप कटुवाल, रामेछापमा माधव ढुङ्गेल, काभ्रेपलाञ्चोकमा अशोक ब्यञ्जु, सिन्धुपाल्चोकमा सुवास कर्माचार्य र दोलखामा पार्वत गुरुङलाई जिम्मेवारी दिएको छ।

यसैगरी नुवाकोट जिल्लाको इन्चार्जमा केशव पाण्डे, रसुवामा प्रेम तामाङ, मकवानपुरमा रामेश्वर राना र चितवनमा देवी ज्ञवालीलाई इन्चार्ज तोकिएको छ।

पार्टी संगठनलाई थप सुदृढ बनाउने, जनस्तरसम्म एमालेका नीति तथा कार्यक्रम प्रभावकारी रूपमा पुर्‍याउने र आगामी राजनीतिक गतिविधिलाई व्यवस्थित ढंगले अघि बढाउने उद्देश्यले जिल्ला इन्चार्जहरूको जिम्मेवारी बाँडफाँड गरिएको एमालेले जनाएको छ।


Alright, folks! Just checked out sam86vip. Not bad, decent selection. Could use a little more oomph, y’know? But overall, a solid spot to try your luck. Check it out if you’re bored! sam86vip