कालीदेवी माविमा विद्यालयस्तरीय स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न

320 पटक पढिएको

२९ पुष २०८२, मंगलवार ०८:०६ सम्पादक: धादिङ न्यूज

धादिङ- जनस्वास्थ्य कार्यालय धादिङको आयोजनामा तथा सिद्धलेक गाउँपालिकाको समन्वयमा विद्यालय तहका बालबालिकाका लागि श्रवण, दृष्टि तथा दन्त परीक्षणसहितको स्वास्थ्य परीक्षण कार्यक्रम पुस २८ गते सोमबार सिद्धलेक गाउँपालिका–४ स्थित कालीदेवी माध्यमिक विद्यालयमा सम्पन्न भएको छ।

कार्यक्रम सिद्धलेक गाउँपालिकाका अध्यक्ष परशुराम खतिवडाको प्रमुख आतिथ्यता तथा सिद्धलेक गाउँपालिकाका उपाध्यक्ष सविता अर्याल, प्रमुश प्रशासकीय अधिकृत अनिशा आचार्य,वडा नं. ४ का वडाध्यक्ष झक बहादुर थापा मगर,स्वास्थ्य शाखा प्रमुख शंकर बाबु दुवाडीको विशेष उपस्थितिमा सम्पन्न भएको हो। कार्यक्रमको उद्देश्य विद्यालय तहका बालबालिकाको स्वास्थ्य अवस्था पहिचान गरी आवश्यक उपचार तथा परामर्श सेवामा सहयोग पुर्‍याउनु रहेको थियो।

कार्यक्रम सफल बनाउन समन्वय गर्नुहुने सिद्धलेक गाउँपालिका, प्राविधिक सहयोग प्रदान गर्नुहुने धादिङ अस्पताल र तिलगंगा सर्जिकल आँखा केन्द्र धादिङ, साथै बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय जनस्वास्थ्य कार्यालय धादिङ,सम्पूर्ण डाक्टर, नर्स, शिक्षक–शिक्षिका तथा विद्यालय कर्मचारीहरूप्रति  कालीदेवी माध्यमिक विद्यालय परिवारले  धन्यवाद व्यक्त गरेको छ ।