नेपालसहित ७५ देशका नागरिकका लागि अमेरिकाले रोक्योआप्रवासी भिसा
443 पटक पढिएको
काठमाडौँ । अमेरिकाले नेपालसहित ७५ देशका नागरिकका लागि आप्रवासी भिसा प्रक्रिया रोक्ने निर्णय गरेको छ। अमेरिकी विदेश मन्त्रालयले आप्रवासन प्रणालीको पुनर्मूल्यांकन गर्नुपर्ने आवश्यकता देखाउँदै आगामी जनवरी २१ देखि लागू हुने गरी भिसा प्रक्रिया अस्थायी रूपमा रोकेको जनाएको छ।
विदेश मन्त्रालयका अनुसार आप्रवासी भिसासम्बन्धी विद्यमान नियम तथा प्रक्रियाको पुनर्मूल्यांकन सम्पन्न नभएसम्म यो निर्णय अनिश्चितकालसम्म लागू रहनेछ। आप्रवासन प्रक्रियालाई थप कडाइका साथ समीक्षा गर्दै कल्याणकारी तथा सार्वजनिक लाभ लिने विदेशी नागरिकहरूको प्रवेश रोक्ने उद्देश्यले यो कदम चालिएको बताइएको छ।
भिसा प्रक्रिया रोकिएका देशहरूमा अफगानिस्तान, अल्बानिया, अल्जेरिया, एन्टिगुआ र बारबुडा, आर्मेनिया, अजरबैजान, बहामास, बंगलादेश, बार्बाडोस, बेलारुस, बेलिज, भुटान, बोस्निया, ब्राजिल, बर्मा, कम्बोडिया, क्यामरुन, केप भर्डे, कोलम्बिया, आइभरी कोष्ट, क्युबा, कंगो प्रजातान्त्रिक गणतन्त्र, डोमिनिका, इजिप्ट, इरिट्रिया, इथियोपिया, फिजी, गाम्बिया, जर्जिया, घाना, ग्रेनाडा, ग्वाटेमाला, गिनी, हैटी, इरान, इराक, जमैका, जोर्डन, काजाकिस्तान, कोसोभो, कुवेत, किर्गिस्तान, लाओस, लेबनान, लाइबेरिया, लिबिया, म्यासेडोनिया, मोल्डोभा, मंगोलिया, मोन्टेनेग्रो, मोरक्को, नेपाल, निकारागुआ, नाइजेरिया, पाकिस्तान, कंगो गणराज्य, रूस, रुवान्डा, सेन्ट किट्स एण्ड नेभिस, सेन्ट लुसिया, सेन्ट भिन्सेन्ट एण्ड ग्रेनाडाइन्स, सेनेगल, सियरा लियोन, सोमालिया, दक्षिण सुडान, सुडान, सिरिया, तान्जानिया, थाइल्याण्ड, टोगो, ट्युनिसिया, युगान्डा, उरुग्वे, उज्बेकिस्तान र यमन रहेका छन्।
यस निर्णयले नेपालसहित सम्बन्धित देशका आप्रवासन प्रक्रियामा रहेका नागरिकहरू प्रत्यक्ष रूपमा प्रभावित हुने अनुमान गरिएको छ।







