पेट्रोलियम पदार्थको मूल्य घट्यो

263 पटक पढिएको

२ माघ २०८२, शुक्रबार ०७:३६ सम्पादक: धादिङ न्यूज

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमले पेट्रोल, डिजेल र मट्टितेलको खुद्रा बिक्री मूल्यमा कटौती गरेको हो, जुन मूल्य आजदेखि लागू भएको छ।

निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर ३ रुपैयाँले घटाइएको छ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १ रुपैयाँले घटाइएको छ। नयाँ मूल्यसूचीअनुसार अब पेट्रोल प्रतिलिटर १५६ रुपैयाँमा बिक्री हुनेछ भने डिजेल र मट्टितेल प्रतिलिटर १३६ रुपैयाँ कायम गरिएको छ।

नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेसन  बाट माघ १ गते प्राप्त भएको नयाँ खरिद मूल्यका आधारमा निगमको सञ्चालक समितिले मूल्य समायोजन गर्ने निर्णय गरेको जनाएको छ।

निगमका अनुसार पेट्रोल, डिजेल र मट्टितेल बाहेक अन्य पेट्रोलियम पदार्थको मूल्यमा भने कुनै परिवर्तन गरिएको छैन।

मूल्य घटेसँगै उपभोक्तालाई केही राहत मिल्ने अपेक्षा गरिएको छ, विशेषगरी यातायात तथा दैनिक उपभोग्य वस्तुको लागतमा सकारात्मक प्रभाव पर्ने अनुमान गरिएको छ।