धादिङ–१ मा पाण्डे–त्रिपाठीको पुरानो भिडन्तमा आशिका र रिजालको नयाँ चुनौती
562 पटक पढिएको
– केशव अधिकारी
धादिङ- धादिङ–१ प्रतिनिधिसभा निर्वाचन क्षेत्र यसपटक बहुकोणीय प्रतिस्पर्धाको केन्द्र बनेको छ। अनुभवी र स्थापित नेतादेखि नयाँ अनुहार र वैकल्पिक राजनीतिक शक्तिसम्मको उपस्थितिले यो क्षेत्रको निर्वाचनलाई चासोपूर्ण बनाएको हो।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सामाजिक अभियन्ता भनेर चिनिएकी आशिका तामाङलाई उम्मेदवार बनाएको छ। आशिका धादिङको मलेखुमा जन्मिएकी हुन्। उनी वागमती प्रदेशका पूर्व मुख्यमन्त्री तथा पूर्व स्थानीय विकास मन्त्री राजेन्द्र पाण्डे र नेकपा एमालेका केन्द्रीय सदस्य एवं धादिङ इन्चार्ज भूमि त्रिपाठीसँग प्रतिस्पर्धामा उत्रिएकी छन्।
आशिकाको सामाजिक अभियन्ताको परिचय भने विवादरहित छैन। विगतमा विभिन्न सरकारी निकाय र सुरक्षाकर्मीहरूसँगको टकराव, प्रदर्शनका क्रममा प्रयोग गरिएको भाषा र शैलीका कारण उनी पटक–पटक आलोचनामा परेकी छन्। समर्थकहरूले उनलाई ‘सिस्टमविरुद्ध बोल्ने साहसी आवाज’का रूपमा प्रस्तुत गर्छन् भने आलोचकहरू उनका गतिविधिले समस्या समाधानभन्दा उत्तेजना बढाएको आरोप लगाउँछन्। सामाजिक सञ्जालमा लाखौँ फलोअर भए पनि उनको राजनीतिक यात्राले मतदाताको विश्वास कति जित्छ भन्ने प्रश्न खडा भएको छ ।
राजेन्द्र पाण्डे २०४३ सालदेखि संसदीय निर्वाचनको अनुभव बोकेका अनुभवी नेता हुन्। एमाले हुँदै नेकपा एकीकृत समाजवादी र हाल पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेकपामा सक्रिय पाण्डे पुनः चुनावी मैदानमा छन्। उनीमाथि विगतदेखि नै पदप्राप्तिका पार्टी परिवर्तन गरेको, सत्ता र पदमा रहिरहन आफैले स्थापना गरेका पार्टीलाई घात गरेको तथा विकास र योजना वितरणमा समानता नदेखाएको आरोप लाग्ने गरेको छ।
२०६४ सालको निर्वाचनमा पाण्डेलाई पराजित गरेका तत्कालीन माओवादी नेता शालिकराम जमकट्टेल हाल पाण्डेकै पार्टीमा छन्। धादिङ–१ लाई तत्कालीन माओवादीले पनि आफ्नो बलियो आधार क्षेत्रका रूपमा लिँदै आएको छ।
यस्तै, पाण्डेकै राजनीतिक मार्गदर्शनमा हुर्किएका भूमि त्रिपाठी एमालेबाट उम्मेदवार बनेका छन्। त्रिपाठी २०७४ मा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए भने २०७९ को निर्वाचनमा पाण्डेसँग पराजित भएका थिए। तर उनीमाथि पनि पार्टीभित्र गुटबन्दी गरेको, कार्यकर्तासँग सुमधुर सम्बन्ध कायम राख्न नसकेको र सांसद रहँदा अपेक्षाअनुसार प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको आरोप लाग्दै आएको छ।
यस क्षेत्रबाट अहिलेसम्म प्रतिनिधिसभा निर्वाचन जित्न नसकेको नेपाली काँग्रेसले पनि यसपटक नयाँ अनुहारलाई मैदानमा उतारेको छ। पार्टीका पूर्व क्षेत्रीय सभापति तथा युवा नेता कृष्ण रिजाल काँग्रेसका उम्मेदवार बनेका छन्। बौद्धिक र शालिन नेताका रूपमा चिनिने रिजालको राजनीतिक शैलीले अनुभवी र चर्चित उम्मेदवारहरूको बीचमा कति जनमत आकर्षित गर्छ भन्ने छ।
प्रमुख दल बाहेक राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट गीता प्रसाद आचार्य, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट राजनप्रसाद रेग्मी (निशान), श्रम संस्कृति पार्टीबाट प्रलाद सिलवाल, नेशनल अर्गनाइजेशन पार्टीबाट रिन्छेन तामाङ (सुमन) र उज्यालो नेपाल पार्टीबाट श्यामराज पाण्डे उम्मेदवार बनेका छन्।
यस्तै, नेपाल मजदुर किसान पार्टीबाट चन्द्रादेवी वासुकला, संयुक्त नागरिक पार्टीबाट डम्बरबहादुर लिम्बु र आम जनता पार्टीबाट जाल्पा देवी रेग्मीले पनि उम्मेदवारी दर्ता गराएका छन्।
स्वतन्त्र उम्मेदवारहरूमा हरि भण्डारी, राजेश भट्टराई, निरञ्जन सन्जेल, ध्रुवप्रसाद पाण्डे, धर्मराज नेपाल, दीपक तामाङ र तपन उप्रेती रहेका छन्।
राप्रपाको यस क्षेत्रमा केही जनमत रहे पनि अन्य नयाँ दलहरूका लागि संगठन विस्तार र प्रभावकारी चुनावी अभियान चुनौतीपूर्ण देखिन्छ। कतिपय स्वतन्त्र उम्मेदवारहरू भने प्रत्यक्ष जितको लक्ष्यभन्दा निर्वाचन प्रक्रियामा पाइने सुविधा र मतदान केन्द्रमा एजेन्ट राख्ने उद्देश्यले उम्मेदवारी दिने गरेको छ।
यसरी धादिङ–१ मा उम्मेदवारको संख्या धेरै भए पनि वास्तविक प्रतिस्पर्धा भने सीमित उम्मेदवारहरूबीच केन्द्रित हुने देखिन्छ। अनुभवी नेता, नयाँ अनुहार र वैकल्पिक शक्तिको मिश्रणले यो निर्वाचन क्षेत्रलाई थप रोचक बनाएको छ। अन्ततः कसको रणनीति, संगठन र जनविश्वास बलियो हुन्छ भन्ने निर्णय मतदाताले नै गर्नेछन्, जसको छिनोफानो आगामी निर्वाचन परिणामले स्पष्ट पार्नेछ।
गत निर्वाचनमा धादिङ क्षेत्र नम्बर १ मा नेकपा एकीकृत समाजवादीका उम्मेदवार राजेन्द्रप्रसाद पाण्डे प्रतिनिधि सभा सदस्यमा ३५ हजार ९ सय ३४ मतसहित निर्वाचित भएका थिए ,पाण्डे अहिले नेकपाका उम्मेदवार हुन ।
पाण्डेले नेकपा एमालेका उम्मेदवार भूमिप्रसाद त्रिपाठीलाई हराएका हुन्। त्रिपाठीले २७ हजार ९ सय ५३ मत ल्याएका थिए ,पाण्डेले सात हजार ९ सय ८१ मतान्तरले जितेका हुन्।
यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका हिमेश पन्तले १२ हजार चार सय ७५ मत ल्याएका थिए ।
६ वटा स्थानीय तह रहेको १ नम्बर क्षेत्रमा गत स्थानीय निर्वाचनमा धुनिबेसीमा तत्कालिन नेकपा एस, थांक्रे र गल्छीमा नेकपा एमाले,गजुरी र वेनिघाट रोराङमा तत्कालिन माओवादी केन्द्र र सिद्धलेकमा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका थिए । स्थानीय र संसदीय निर्वाचनमा एमाले बाहेक अन्य दल समिकरण गरी चुनावी मैदानमा उत्रिएका थिए । प्रदेश सभामा भने १ क मा नेपाली काँग्रेसका मधुकुमार श्रेष्ठ र १ ख मा तत्कालिन माओवादी केन्द्रका शालिकराम जमकट्टेल निर्वाचित भएका हुन ।







Boost your profits with our affiliate program—apply today!
Last minute tours Turkey Travelshopbooking made my trip easy and relaxing. Everything was well organized. https://lnk.bio/travelshopbookings
Fast indexing of website pages and backlinks on Google https://is.gd/r7kPlC