अमेरिकाबाट ९० जना नेपाली डिपोर्ट
295 पटक पढिएको
काठमाडौँ । अमेरिकाले विभिन्न अध्यागमन कानुन उल्लङ्घन गरेको आरोपमा ९० जना नेपाली नागरिकलाई नेपाल फिर्ता पठाएको छ । अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीका अनुसार डिपोर्ट गरिएका नेपालीहरू मंगलबार चार्टर्ड विमानमार्फत काठमाडौँ आइपुगेका हुन् ।
वैधानिक कागजात नपुगेका, गैरकानुनी रूपमा अमेरिकामा बसोबास गर्दै आएका तथा अध्यागमन कानुन उल्लङ्घन गरेको आरोप लागेकालाई नियन्त्रणमा लिएर अमेरिकाले फिर्ता पठाएको जनाइएको छ । डिपोर्ट गरिएका मध्ये केही नेपाली २० वर्षभन्दा लामो समयदेखि अमेरिकामा बस्दै आएका व्यक्तिसमेत रहेको महानिर्देशक तिवारीले जानकारी दिए ।
अमेरिकामा डोनाल्ड ट्रम्प नेतृत्वको प्रशासनले आप्रवासन नीतिमा कडाइ गरेयता हालसम्म ४०० भन्दा बढी नेपाली नागरिक डिपोर्ट भइसकेका छन् । पछिल्लो समय गैरकानुनी आप्रवासनमाथि कडा निगरानी र कारबाही बढाइएपछि नेपाली नागरिकसमेत यसको चपेटामा परेका हुन् ।
नेपाल फर्काइएकाहरूलाई अहिले नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले अनुसन्धान गरिरहेको छ । उनीहरू कुनै मानव बेचबिखन वा ठगीको शिकार भएका हुन् कि होइनन् भन्ने विषयमा सोधपुछ भइरहेको ब्युरोले जनाएको छ । यदि कोही मानव बेचबिखनमा परेको पुष्टि भए उजुरी दिन ब्युरोले अनुरोध गरेको छ ।
आवश्यक अनुसन्धान र प्रक्रियापछि सम्बन्धित व्यक्तिहरूलाई परिवारको जिम्मा लगाइने पनि ब्युरोले जानकारी दिएको छ । पछिल्लो समय वैदेशिक रोजगारी, अध्ययन तथा अवैधानिक आप्रवासनका नाममा नेपालीहरू विभिन्न मुलुकमा ठगी र जोखिममा पर्ने क्रम बढ्दै गएकाले सचेत रहन सम्बन्धित निकायले आग्रह गरेका छन् ।







Interesting points about bankroll management! Seeing platforms like bet1x app download offer quick, localized deposits (GCash, PayMaya) really streamlines the experience, letting you focus on strategy. Definitely a plus for Filipino players!