धादिङ अस्पतालमा पहिलो पटक सर्पदंश उपचार सेवा सुरु

293 पटक पढिएको

८ चैत्र २०८२, आईतवार ०६:४८ सम्पादक: धादिङ न्यूज

धादिङ, ८ चैत । धादिङ जिल्लाको सरकारी अस्पताल धादिङ अस्पतालमा पहिलो पटक सर्पदंश  को उपचारका लागि अत्यावश्यक मानिने एन्टि स्नेक भेनम  उपलब्ध गराइएको छ। गर्मी मौसमको सुरुवातसँगै जिल्लामा सर्पदंशका घटनाहरू बढ्न सक्ने जोखिमलाई मध्यनजर गर्दै अस्पतालले यो महत्वपूर्ण औषधि ल्याएर उपचार सेवा औपचारिक रूपमा सुरु गरेको हो। यस ऐतिहासिक उपलब्धिसँगै अब धादिङबासीले सर्पले टोकेको अवस्थामा उपचारका लागि चितवन वा काठमाडौँका अस्पतालहरूमा हतारिनुपर्ने र बाटोमै ज्यान जोखिममा पार्नुपर्ने बाध्यताको अन्त्य भएको छ।

अस्पताल प्रशासनका अनुसार आपतकालीन अवस्थामा सर्पदंशका बिरामीहरूको जीवन रक्षा गर्न यो एन्टि स्नेक भेनम औषधि अत्यन्तै प्रभावकारी र जीवनदायी सावित हुनेछ। विगतका वर्षहरूमा धादिङमा सर्पदंशको उपचार गर्ने दक्ष जनशक्ति र औषधिको अभाव हुँदा धेरै बिरामीहरूलाई प्राथमिक उपचारपछि थप उपचारका लागि जिल्ला बाहिर रिफर गर्नुपर्ने अवस्था थियो। अब भने अस्पतालमै औषधिको उपलब्धता र उपचार सेवा सुनिश्चित भएपछि बिरामीहरूले समयमै र सुलभ ढंगले उपचार पाउने विश्वास गरिएको छ।

यस महत्वपूर्ण सेवा विस्तारका लागि बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र तथा सरुवा रोग नियन्त्रण महाशाखा  प्रति अस्पतालले विशेष आभार प्रकट गरेको छ। जिल्लामै सर्पदंशको उपचार सेवा उपलब्ध हुनुलाई धादिङको स्वास्थ्य क्षेत्रमा एक ठुलो फड्कोको रूपमा हेरिएको छ। अस्पतालले सर्पले टोकेको अवस्थामा नआत्तिई, घरेलु उपचारमा समय खेर नफाली सिधै अस्पतालको आकस्मिक कक्षमा सम्पर्क गर्न र समयमै उपचार गराएर ज्यान जोगाउन सम्पूर्ण जिल्लावासीहरूमा विशेष अनुरोध समेत गरेको छ।


Really enjoying learning more about slots – the variety is amazing! Seeing platforms like fc777 ph link focus on user experience & secure gaming is a big plus for Filipino players. Definitely makes it more fun! 😊