लायन्स क्लब अफ काठमाडौं सूर्यमुखीको अध्यक्षमा राजाराम रिजाल निर्वाचित

217 पटक पढिएको

२१ चैत्र २०८२, शनिबार २१:०० सम्पादक: धादिङ न्यूज

धादिङ – लायन्स क्लब अफ काठमाडौं सूर्यमुखीको लायन वर्ष २०२६–२७ का लागि नयाँ कार्यसमिति चयन गरिएको छ। कार्यक्रमले लायन राजाराम रिजाललाई क्लबको नयाँ अध्यक्षमा सर्वसम्मत रूपमा चयन गरेको हो।

नयाँ कार्यसमितिको प्रथम उपाध्यक्षमा लायन डा. दिनेश रेग्मी, द्वितीय उपाध्यक्षमा लायन तारा रिजाल, सचिवमा लायन सुदर्शन गोम्जा र कोषाध्यक्षमा लायन बेदनाथ दनै चयन हुनुभएको छ। त्यसैगरी, क्लब एड्मिनिस्ट्रेटरको जिम्मेवारी लायन मन्दिरा आचार्यले पाउनुभएको छ भने सह–सचिवमा लायन डा. रेशम विक्रम सिन्जाली, क्लब डाइरेक्टरमा लायन डा. अशोक छत्कुली, सर्भिस चेयरपर्सनमा लायन राजेश गुरुङ र मार्केटिङ चेयरपर्सनमा लायन हरी बहादुर नियुक्त हुनुभएको छ।

समितिको सदस्यहरूमा पवित्रा लम्साल, जीत कुमारी गिरी, श्याम अधिकारी, राज कुमार ढुङेल, राम बहादुर श्रेष्ठ, अशोक वि.क. र मालती रसाइली रहेका छन्।

लायन विक्रम विश्वकर्माको अध्यक्षतामा सम्पन्न भएको उक्त विशेष कार्यक्रममा लायन कृष्ण प्रसाद ढकाल प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो भने नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष सिताराम अधिकारी विशिष्ट अतिथिको रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रमका वक्ताहरूले नवनिर्वाचित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै क्लबले आगामी दिनमा सामाजिक सेवाका क्षेत्रमा थप प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए।