शिवकुमारका दाजु सोनिजको प्रधानमन्त्रीलाई खुल्ला पत्र: ‘भाइको सास चाहियो कि लास’

189 पटक पढिएको

२२ चैत्र २०८२, आईतवार १४:२१ सम्पादक: धादिङ न्यूज

धादिङ, २२ चैत । धादिङको बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर ५ बाट विगत दुई वर्षदेखि बेपत्ता भएका युवा शिवकुमार कार्कीको न्यायका लागि उनका परिवारले सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्। शिवकुमारका दाजु सोनिज कार्कीले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुदन गुरुङलाई एक ‘खुल्ला पत्र’ लेख्दै आफ्नो भाइको अवस्था सार्वजनिक गर्न र दोषीलाई कारबाही गर्न माग गरेका हुन्।

२०८० साल असार ३१ गते आफ्नै वडाबाट रहस्यमय ढंगले बेपत्ता भएका शिवकुमारको हालसम्म न ‘सास’ भेटिएको छ न त ‘लास’ नै। सोनिजले पत्रमा उल्लेख गरे अनुसार, घटनाको सुरुवाती चरणमा केही व्यक्तिले अपराध स्वीकार गरिसकेको भए तापनि पछि प्रशासनको फितलो अनुसन्धान र शक्तिको दबाबका कारण दोषीहरूलाई उन्मुक्ति दिइएको आरोप लगाइएको छ।

खुल्ला पत्रमा तत्कालीन गजुरीका डीएसपी मदन कुँवर र जिल्ला प्रहरी प्रमुख गौतम मिश्रको कार्यकालमा भएको अनुसन्धानप्रति असन्तुष्टि व्यक्त गरिएको छ। “एक पक्षले स्वीकार गरिसकेको अपराधलाई दबाब र प्रभावमा पारेर पछि ‘झुट बोलेको’ भन्दै छोडिनुले हाम्रो मनमा गम्भीर शंका उब्जाएको छ,” पत्रमा भनिएको छ, “पैसा र पावरको अगाडि हामी जस्ता भुइँमान्छेले कहाँ गएर न्याय माग्ने?”

पीडित परिवारले यसअघि माननीय रामनाथ अधिकारी लगायतका नेताहरूले संसदमा कुरा उठाए पनि त्यो केवल आश्वासनमा मात्र सीमित भएको गुनासो गरेका छन्। साथै, तत्कालीन समयमा रवि लामिछानेले दिएको वचन र डीपी अर्याल पीडितको घरमै पुगेर दिएको सान्त्वनालाई स्मरण गराउँदै अहिलेको नयाँ सरकारले यो मुद्दालाई किनारा लगाउनेमा उनीहरूले विश्वास व्यक्त गरेका छन्।

“मेरो भाइ नभएपछि उसको परिवारमा कति ठूलो संकट छ भन्ने कुरा माननीय आशिका तामाङ र बोध नारायण श्रेष्ठ ज्यूहरूलाई पनि राम्रोसँग थाहा छ,” सोनिजले भावुक हुँदै लेखेका छन्। उनले आफ्नो भाइको अवस्था (सास वा लास) जे भए पनि उपलब्ध गराइदिन र घटनामा संलग्न सबैलाई कानुनी कठघरामा उभ्याउन माग गरेका छन्।

धादिङका स्थानीय र सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले यो पत्रलाई व्यापक रूपमा सेयर गर्दै “शिवकुमार कार्कीलाई न्याय दे” भन्दै सरकारमाथि दबाब बढाएका छन्। यो घटनाले धादिङको सुरक्षा व्यवस्था र प्रशासनिक निष्पक्षतामाथि फेरि एकपटक ठूलो प्रश्नचिह्न खडा गरिदिएको छ।

========================================

⚠️ न्यायका लागि खुल्ला पत्र: मेरो भाइ कहाँ छ, सरकार? ⚠️

१. सम्माननीय प्रधानमन्त्री बालेन शाह ज्यू

२. माननीय गृहमन्त्री सुदन गुरुङ ज्यू

३. सम्पूर्ण मन्त्रिपरिषद्का सदस्य ज्यूहरू नेपाल सरकार, सिंहदरबार।

विषय: बेपत्ता शिवकुमार कार्कीको खोजी र न्याय सम्बन्धमा।

सम्माननीय प्रधानमन्त्री ज्यू तथा गृहमन्त्री ज्यू,

म सोनिज कार्की, न्यायको खोजीमा भौतारिँदा भौतारिँदा थाकेको एक लाचार युवा, यो खुल्ला पत्रमार्फत सरकारको ढोका ढकढक्याउन आएको छु।

आजभन्दा करिब दुई वर्षअघि (२०८० असार ३१ गते) धादिङ जिल्ला, बेनीघाट रोराङ गाउँपालिका वडा नं. ५ बाट मेरो भाइ शिवकुमार कार्की रहस्यमय ढंगले बेपत्ता भयो। त्यतिबेला यो समाचारले देश-विदेशका नेपालीको ध्यान खिचेको थियो। संसदमा माननीय रामनाथ अधिकारी ज्यू लगायतका नेताहरूले कुरा उठाउनुभयो, तर ती आवाजहरू आश्वासनमै सीमित रहे।

हाम्रो प्रश्न र प्रशासनको फितलो अनुसन्धान: त्यतिबेला अनुसन्धानको क्रममा केही व्यक्तिहरूले अपराध स्वीकार गरिसकेको चर्चा थियो। तर, पछि “डर र धम्कीले स्वीकार गरेको” भन्दै दोषीहरूलाई उन्मुक्ति दिने प्रयास गरियो। ‘लाइसेन्स डिटेक्टर मेसिन’ (Polygraph Test) को हवाला दिँदै अपराधीलाई सफाइ दिनु कति न्यायसंगत छ? के एउटा स्वस्थ र जवान युवा हावामा बिलाउन सक्छ? न उसको सास भेटिएको छ, न लास।

त्यतिबेलाका जिम्मेवार अधिकारीहरू (गजुरीका तत्कालीन डीएसपी मदन कुँवर र जिल्ला प्रमुख गौतम मिश्र) को भूमिका र अनुसन्धानको प्रक्रियामाथि हाम्रो गम्भीर शंका छ। एक पक्षले बयानमा नामहरू स्पष्ट रूपमा किटानी गर्दा पनि उनीहरूलाई किन कानुनी दायरामा ल्याइएन? के पहुँच र पैसाको अगाडि हामी जस्ता ‘भुइँमान्छे’ को न्यायको हक सुरक्षित छैन?

सरकारसँग हाम्रो अन्तिम आशा: प्रधानमन्त्री ज्यू, तपाईंको ऐतिहासिक आगमनले हामीमा एउटा आशाको दियो बलेको छ। माननीय आशिका तामाङ ज्यू र बोधनारायण श्रेष्ठ ज्यू लाई हाम्रो परिवारको संकटको बारेमा राम्रोसँग अवगत छ। हामी केवल न्याय चाहन्छौँ। मेरो भाइको अवस्था के छ? यदि ऊ जीवित छैन भने उसको अन्तिम संस्कार गर्ने अधिकार समेत परिवारलाई नहुने?

रवि सर (रवि लामिछाने ज्यू) लाई स्मरण: त्यतिबेला तपाईंले दिनुभएको वचन र डीपी अर्याल सर हाम्रो घरसम्म आएर दिनुभएको सान्त्वना हामीले भुलेका छैनौँ। अब ती आश्वासनलाई परिणाममा बदल्ने बेला आएको छ।

हामी चाहन्छौँ, आफ्नै गाउँ-घरमा युवाहरू सुरक्षित भएको महसुस गरून्। मेरो भात परिवारको तर्फबाट, सोनिज कार्की (शिवकुमार कार्कीको दाजु) हाल: काठमाडौँइको घटनामा संलग्न दोषीहरूलाई तत्काल पक्राउ गरी कडा कारबाही गरियोस् र हाम्रो परिवारलाई न्याय दिइयोस्।

पीडि।