गल्छी कप बुद्धिचालमा च्याम्पियन बने रुपेश जैसवाल

248 पटक पढिएको

१३ बैशाख २०८३, आईतवार २०:३० सम्पादक: धादिङ न्यूज

धादिङ, १३ वैशाख । गल्छी गाउँपालिकाको आयोजनामा सम्पन्न “गल्छी कप राष्ट्रिय रापिड बुद्धिचाल प्रतियोगिता–२०८३” भव्य रूपमा सम्पन्न भएको छ। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई नगदसहित पुरस्कार वितरण गरिएको छ।

प्रतियोगितामा ११ जिल्लाबाट सहभागी खेलाडीहरूमध्ये रौतहटका एफएम रुपेश जैसवालले ६ अंक जोड्दै प्रथम स्थान हासिल गरेका छन्। उनले उपाधिसँगै नगद रु. २५,००० प्राप्त गरे। अन्तिम चरणमा उनले सिएम पुरुषोत्तम सिलवालसँगको प्रतिस्पर्धात्मक खेललाई आफ्नो पक्षमा पार्दै उपाधि जित्न सफल भएका हुन्।

यस्तै, पाँचथरका रिसोन थापाले ५.५ अंकसहित प्रोग्रेसिभ प्वाइन्टका आधारमा द्वितीय स्थान हासिल गर्दै नगद रु. १५,००० हात पारे। काठमाडौंका सिएम पुरुषोत्तम सिलवाल तृतीय स्थानमा रहँदै नगद रु. १०,००० प्राप्त गर्न सफल भए।

त्यसैगरी, काठमाडौंका केशब श्रेष्ठ, बद्रीलाल नेपाली, कास्कीका बिनोद नाल्मि, खोटाङका धिरेन राई, ललितपुरका राजन पुरी, काठमाडौंका प्रविर के.सी. तथा ललितपुरका सुरोज महर्जनले चौथोदेखि दशौँ स्थानसम्म कब्जा गरेका छन्। चौथोदेखि दशौँ स्थान हासिल गर्ने खेलाडीहरूलाई क्रमशः नगद रु. ८ हजार, ६ हजार र ३ हजारका दरले पुरस्कार प्रदान गरिएको थियो।

प्रतियोगितामा विभिन्न विधागत पुरस्कारतर्फ सुदिन नेपाल, तारामान श्रेष्ठ, सियोन रिमाल, सविन खतिवडा, सङ्दिल श्रेष्ठ, मनसुन रिमाल, श्रेया रिमाल, सुभाना श्रेष्ठ, उत्सव बराल, सुरज लामा, गोविन्द बराल, मोहन सिंह प्रधान, सौर्य प्रताप सिंह कार्की, नवीन तण्डुकार, गणेशमान दुवाल, कोसिस मणि रिमाल, सात्विक मान तुलाधर तथा रिहान्सु पौडेल उत्कृष्ट घोषित भएका छन्।

विजेता खेलाडीहरूलाई गल्छी गाउँपालिकाका अध्यक्ष केदार खतिवडा, वडा नं. १ का अध्यक्ष यदुकुमार खतिवडा, नेपाल बुद्धिचाल महासंघका सचिवालय सदस्य राजु ताम्राकार, शिक्षा अधिकृत धिरज बस्नेत लगायतले पुरस्कार वितरण गरेका थिए।


Congratulations to Rupesh Jaiswal! This victory highlights that strategic mastery-whether on a chessboard or in complex digital ecosystems-is fundamentally about pattern recognition and risk management. The discipline required is universal, mirroring the strategic depth found in modern platforms like the jljl666 app download apk. A truly inspiring display of intellect!