धादिङ – धादिङको सिद्धलेक गाउँपालिका वडा नम्बर–२ स्थित नलाङ स्वास्थ्य चौकीमा गएराति अज्ञात समूहले तोडफोड गरी क्षति पुर्याएको छ। वर्षाको मौका पारेर रातिको समयमा स्वास्थ्य चौकीभित्र प्रवेश गरी प्रसुती कक्ष र ल्याबमा व्यापक क्षति गरिएको स्वास्थ्य चौकीले जनाएको छ।
घटनाबारे बिहीबार बिहान मात्रै स्वास्थ्यकर्मीहरूले जानकारी पाएका थिए। स्वास्थ्य चौकीका प्रमुख टिकाराम आचार्यका अनुसार प्रसुती कक्ष र ल्याबमा रहेका सामग्रीहरू तोडफोड गर्नुका साथै ल्याब सेवा शुल्कस्वरूप सङ्कलित करिब २२०० रुपैयाँ नगद समेत चोरी भएको छ।
घटनाको जानकारी पाएलगत्तै सिद्धलेक गाउँपालिकाका अध्यक्ष परशुराम खतिवडा, उपाध्यक्ष सविता अर्याल, वडा नम्बर–२ का अध्यक्ष सागर गुरुङ तथा वडा सचिव भरत सिलवाल लगायतको टोली घटनास्थल पुगेर स्थलगत निरीक्षण गरेको थियो।
यसैबीच जिल्ला प्रहरी कार्यालय धादिङको टोलीले घटनास्थलको अवलोकन गरी आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ।
मानवीय सेवा प्रदान गर्ने स्वास्थ्य संस्था जस्तो संवेदनशील स्थानमा भएको तोडफोड र चोरीप्रति स्थानीयवासीले गम्भीर आपत्ति जनाउँदै दोषीलाई तत्काल पहिचान गरी कारबाही गर्न माग गरेका छन्।
https://shorturl.fm/2b7YF
https://shorturl.fm/hq3lt
https://shorturl.fm/cslLs
https://shorturl.fm/fAhJU