धादिङमा रु ४ अर्ब ९७ करोडभन्दा बढी सङ्घीय अनुदान, पालिकागत विवरणसहित
757 पटक पढिएको
धादिङ – धादिङ जिल्लाका १३ स्थानीय तहले आर्थिक वर्ष २०८३/८४ का लागि सङ्घीय सरकारबाट रु चार अर्ब ९७ करोड ३७ लाख अनुदान पाउने भएका छन् । जिल्लास्थित दुई नगरपालिका र ११ गाउँपालिकाका लागि अर्थ मन्त्रालयले सो बजेट विनियोजन गरेको हो ।
जिल्लाका स्थानीय तहहरूमध्ये बेनीघाट रोराङ्ग गाउँपालिकाले सबैभन्दा बढी अनुदान प्राप्त गरेको छ। बेनीघाट रोराङ्गका लागि कुल ४८ करोड ८१ लाख रुपैयाँ विनियोजन भएको छ। यसैगरी सबैभन्दा कम बजेट प्राप्त गर्नेमा रुवी भ्याली गाउँपालिका रहेको छ, जसका लागि २० करोड ७१ लाख रुपैयाँ विनियोजन गरिएको छ।
नीलकण्ठ नगरपालिकालाई रु ७४ करोड ३४ लाख विनियोजन गरिएको छ । नीलकण्ठले समानीकरण अनुदानतर्फ रु २१ करोड ३९ लाख, सशर्त अनुदानतर्फ रु ४८ करोड ८६ लाख, विशेष अनुदानतर्फ रु एक करोड ५० लाख र समपूरक अनुदानतर्फ रु दुई करोड ५९ लाख पाउनेछ ।
धुनीबेसी नगरपालिकालाई रु ३८ करोड आठ लाख विनियोजन गरिएको छ । धुनीबेसीले समानीकरण अनुदानतर्फ रु १४ करोड २४ लाख, सशर्त अनुदानतर्फ रु २० करोड ८६ लाख, विशेष अनुदानतर्फ रु एक करोड ४० लाख र समपूरक अनुदानतर्फ रु एक करोड ५८ लाख पाउनेछ ।
खनियाबास गाउँपालिकालाई रु २५ करोड दुई लाख विनियोजन गरिएको छ । खनियाबासले समानीकरण अनुदानतर्फ रु नौ करोड १९ लाख, सशर्त अनुदानतर्फ रु १२ करोड १८ लाख, विशेष अनुदानतर्फ रु एक करोड ७९ लाख र समपूरक अनुदानतर्फ रु एक करोड ८६ लाख पाउनेछ ।
गङ्गाजमुना गाउँपालिकालाई रु ३८ करोड १४ लाख विनियोजन गरिएको छ । गङ्गाजमुनाले समानीकरण अनुदानतर्फ रु ११ करोड ९६ लाख, सशर्त अनुदानतर्फ रु २३ करोड २३ लाख, विशेष अनुदानतर्फ रु एक करोड र समपूरक अनुदानतर्फ रु एक करोड ९५ लाख पाउनेछ ।
गजुरी गाउँपालिकालाई रु ३६ करोड ६२ लाख विनियोजन गरिएको छ । गजुरीले समानीकरण अनुदानतर्फ रु १३ करोड ९६ लाख, सशर्त अनुदानतर्फ रु २० करोड ७१ लाख, विशेष अनुदानतर्फ रु एक करोड ४० लाख र समपूरक अनुदानतर्फ रु ५५ लाख पाउनेछ ।
गल्छी गाउँपालिकालाई रु ३२ करोड ४४ लाख विनियोजन गरिएको छ । गल्छीले समानीकरण अनुदानतर्फ रु १३ करोड ५८ लाख र सशर्त अनुदानतर्फ रु १८ करोड ८६ लाख पाउनेछ ।
ज्वालामुखी गाउँपालिकालाई रु ३७ करोड ६८ लाख विनियोजन गरिएको छ । ज्वालामुखीले समानीकरण अनुदानतर्फ रु १२ करोड ९१ लाख, सशर्त अनुदानतर्फ रु २२ करोड ९६ लाख, विशेष अनुदानतर्फ रु एक करोड ३१ लाख र समपूरक अनुदानतर्फ रु ५० लाख पाउनेछ ।
त्रिपुरासुन्दरी गाउँपालिकालाई रु ३९ करोड ३१ लाख विनियोजन गरिएको छ । त्रिपुरासुन्दरीले समानीकरण अनुदानतर्फ रु १३ करोड २० लाख, सशर्त अनुदानतर्फ रु २४ करोड ११ लाख, विशेष अनुदानतर्फ रु ४५ लाख र समपूरक अनुदानतर्फ रु एक करोड ५५ लाख पाउनेछ ।
थाँक्रे गाउँपालिकालाई रु ३१ करोड ६४ लाख विनियोजन गरिएको छ । थाँक्रेले समानीकरण अनुदानतर्फ रु १५ करोड तीन लाख र सशर्त अनुदानतर्फ रु २३ करोड ९० लाख पाउनेछ ।
नेत्रावती डबजोङ्ग गाउँपालिकालाई रु २४ करोड २७ लाख विनियोजन गरिएको छ । नेत्रावती डबजोङ्गले समानीकरण अनुदानतर्फ रु नौ करोड ६३ लाख, सशर्त अनुदानतर्फ रु १३ करोड ४९ लाख र समपूरक अनुदानतर्फ रु २६ लाख पाउनेछ ।
बेनीघाट रोराङ्ग गाउँपालिकालाई रु ४८ करोड ८१ लाख विनियोजन गरिएको छ । बेनीघाट रोराङ्गले समानीकरण अनुदानतर्फ रु १५ करोड ८२ लाख, सशर्त अनुदानतर्फ रु ३० करोड ५४ लाख, विशेष अनुदानतर्फ रु एक करोड ५६ लाख र समपूरक अनुदानतर्फ रु ९७ लाख पाउनेछ ।
रुवी भ्याली गाउँपालिकालाई रु २० करोड ७१ लाख विनियोजन गरिएको छ । रुवी भ्यालीले समानीकरण अनुदानतर्फ रु नौ करोड ३८ लाख, सशर्त अनुदानतर्फ रु १० करोड १८ लाख र समपूरक अनुदानतर्फ रु एक करोड १५ लाख पाउनेछ ।
सिद्धलेक गाउँपालिकालाई रु ४२ करोड २३ लाख विनियोजन गरिएको छ । सिद्धलेकले समानीकरण अनुदानतर्फ रु १२ करोड ९० लाख र सशर्त अनुदानतर्फ रु २९ करोड ३३ लाख पाउनेछ ।








Man, this analysis is deep! It really hits on the mind-game aspect, not just the slots. Makes you think about sustainable play. Check out fox gaming game; seems thoughtfully designed for that balance.
https://shorturl.fm/RLYbj
https://shorturl.fm/CbLaC