समूह ‘एल’ बाट इङ्ग्ल्यान्ड, क्रोएसिया र घाना नकआउट चरणमा: ह्यारी केनको कीर्तिमानी गोलसँगै इङ्ग्ल्यान्ड समूह विजेता
174 पटक पढिएको
काठमाडौं। विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत समूह ‘एल’ बाट इङ्ग्ल्यान्ड, क्रोएसिया र घाना अन्तिम ३२ (नकआउट चरण) मा प्रवेश गरेका छन्। रोमाञ्चक समीकरण बनेको यस समूहबाट पानामा र स्कटल्यान्ड भने प्रतियोगिताबाट बाहिरिएका छन्।
समूह चरणको अन्तिम खेलमा पानामामाथि २-० को सहज जित निकाल्दै इङ्ग्ल्यान्ड समूह विजेताको रूपमा अर्को चरणमा पुगेको हो। खेलको पहिलो हाफमा पानामाले इङ्ग्ल्यान्डलाई कडा चुनौती दिएको थियो, जसका कारण पहिलो हाफ गोलरहित बराबरीमा सकियो।
तर, दोस्रो हाफमा रणनीति परिवर्तन गर्दै आक्रामक रूपमा प्रस्तुत भएको इङ्ग्ल्यान्डका लागि ६२औँ मिनेटमा जुड बेलिङ्घमले पहिलो गोल गरे। उनले बुकायो साकाको कर्नर पासलाई हेडमार्फत उत्कृष्ट गोलमा परिणत गरेका थिए।
त्यसको पाँच मिनेट नबित्दै (६७औँ मिनेटमा) बेलिङ्घमकै सटिक क्रसमा कप्तान ह्यारी केनले प्रहार गर्दै टोलीको जित सुनिश्चित गरे।
ऐतिहासिक कीर्तिमान: यो गोलसँगै ह्यारी केन विश्वकपको इतिहासमा इङ्ग्ल्यान्डका लागि सबैभन्दा धेरै गोल गर्ने खेलाडी बनेका छन्। उनले ग्यारी लाइनेकरको १० गोलको कीर्तिमानलाई भंग गर्दै आफ्नो विश्वकप गोल संख्या ११ पुर्याएका हुन्। केनले देशका लागि ११७ खेल खेल्दै कुल ८२ गोल गरिसकेका छन्।
यसै समूहको अर्को महत्त्वपूर्ण खेलमा क्रोएसियाले घानालाई २-१ गोल अन्तरले पराजित गर्दै समूह उपविजेताका रूपमा नकआउट चरणको टिकट काटेको छ। क्रोएसियासँगको यो पराजयसँगै स्कटल्यान्डको भने अन्तिम ३२ मा पुग्ने सम्भावना पूर्ण रूपमा समाप्त भएको छ। पराजित भए तापनि घाना यसअघिको प्रदर्शन र अंक तालिकाको समीकरणका आधारमा तेस्रो टोली बन्दै नकआउट चरणमा सुरक्षित हुन सफल भयो।
यस जितसँगै इङ्ग्ल्यान्डले अन्तिम ३२ मा डिआर कङ्गो वा सेनेगलमध्ये एक टोलीसँग खेल्ने सम्भावना बलियो बनाएको छ । यही खेलमा विकल्पका रूपमा मैदान प्रवेश गरेका जोर्डन हेन्डरसन चारवटा विश्वकपमा इङ्ग्ल्यान्डको प्रतिनिधित्व गर्ने पहिलो खेलाडी पनि बने ।
उता, फिलाडेल्फियामा भएको अर्को खेलमा क्रोएसियाले पहिले नै अघिल्लो चरण पुगिसकेको घानालाई २-१ ले हराउँदै अन्तिम ३२ मा स्थान बनाएको छ ।








Dude, this analysis is deep! 🤔 Makes me think about how much more there is to learn about platforms like this. Check out pkoko ক্যাসিনো; their game variety is insane. Gotta check it out later!
https://shorturl.fm/5NjVQ