दार्चुलाका प्रमुख जिल्ला अधिकारी पौडेल धादिङको सहायक प्रमुख जिल्ला अधिकारीमा सरुवा
143पटक पढिएको
२० असार २०८३, शनिबार १६:५७
सम्पादक: धादिङ न्यूज
धादिङ । गृह मन्त्रालयले २०८३ असार १९ गते गरेको निर्णयअनुसार राजपत्राङ्कित द्वितीय श्रेणी (उपसचिव) ४२ जना को सरुवा तथा पदस्थापन गरेको छ।
सरुवाअनुसार जिल्ला प्रशासन कार्यालय दार्चुलाका प्रमुख जिल्ला अधिकारी अनिल पौडेल धादिङको सहायक प्रमुख जिल्ला अधिकारीमा सरुवा भएका छन्। त्यस्तै, धादिङमा कार्यरत सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रसाद भट्टराई जिल्ला प्रशासन कार्यालय उदयपुरको सहायक प्रमुख जिल्ला अधिकारीमा सरुवा भएका छन्।
गृह मन्त्रालयको निर्णयअनुसार अन्य जिल्लामा पनि प्रमुख जिल्ला अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारीहरूको जिम्मेवारी फेरबदल गरिएको छ। यस्तै, जुम्लाका प्रमुख जिल्ला अधिकारी दीपक पौडेल लमजुङको सहायक प्रमुख जिल्ला अधिकारीमा, डोल्पाका सहायक प्रमुख जिल्ला अधिकारी कोपिला राई रुकुम पूर्वको प्रमुख जिल्ला अधिकारीमा तथा काभ्रेपलाञ्चोकका सहायक प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईं हुम्लाको प्रमुख जिल्ला अधिकारीमा सरुवा भएका छन्।
त्यसैगरी, मनाङका प्रमुख जिल्ला अधिकारी स्वराज पौडेल, डडेलधुराका प्रमुख जिल्ला अधिकारी मीना अर्याल लगायतका अधिकारीहरूको पनि सरुवा भएको छ।