होटल र रेष्टुरेन्टमा खाद्य स्वच्छता कायम नगरे कडा कारबाही हुने, स्थानीय तहको अनुमति अनिवार्य
166 पटक पढिएको
काठमाडौँ । बजारमा सञ्चालित होटल, रेष्टुरेन्ट, मिठाई पसल, चमेना गृह, क्याटरिङ तथा भोजनालयहरूमा खाद्य स्वच्छता र सरसफाइको अवस्थालाई लिएर जनगुनासो बढेपछि सरकारले निगरानी र कारबाही प्रक्रियालाई तीव्र बनाउने भएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय अन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग बबरमहलले एक जरुरी सूचना जारी गर्दै मापदण्ड पालना नगर्ने खाद्य व्यवसायीहरूलाई ऐन बमोजिम कडा कानुनी कारबाही गरिने चेतावनी दिएको हो।
विभागका अनुसार पछिल्लो समय खाद्य पदार्थको गुणस्तर र भान्साको सरसफाइलाई लिएर लगातार उजुरी र जनगुनासाहरू प्राप्त भइरहेका छन्। यसै सन्दर्भमा विभागले विशेष ध्यानाकर्षण गराउँदै खाद्य पदार्थ तयार गरी बिक्री वितरण गर्ने सम्पूर्ण सेवा प्रदायकहरूलाई खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा २५ बमोजिम तोकिएको दायित्व पूर्ण रूपमा पालना गर्न निर्देशन दिएको छ। साथै, सोही ऐनको दफा ९ को उपदफा २ (क) बमोजिम सम्बन्धित स्थानीय तहबाट अनिवार्य रूपमा खाद्य व्यवसाय अनुमतिपत्र लिएर मात्र कारोबार सञ्चालन गर्न सूचित गरिएको छ।
विभागले खाद्य व्यवसाय गर्नेहरूका लागि निश्चित कानुनी दायित्वहरू समेत तोकेको छ। जसअन्तर्गत व्यवसायीहरूले तोकिएको मापदण्ड बमोजिमका खाद्य पदार्थ मात्र उपलब्ध गराउनुपर्नेछ। खाद्य पदार्थको प्रकृति र आवश्यकता अनुसार बिक्री सोकेस वा कक्षमा तोकिएको आर्द्रता र तापक्रमको अनिवार्य व्यवस्था मिलाउनुपर्ने जिम्मेवारी व्यवसायीको हुनेछ। यसका साथै खाद्य पदार्थ तयारी तथा वितरण गरिने स्थान र त्यसको वरिपरिको परिसर पूर्ण रूपमा स्वच्छ र सफा राख्नुपर्ने तथा खाद्य वस्तुको पहिचान पद्धति (ट्रेसियाबिलिटी) समेत कायम गर्नुपर्ने विभागले स्पष्ट पारेको छ।
खाद्य स्वच्छता कायम राख्नका लागि व्यवसायीहरूले आफ्नो कार्यस्थलमा विशेष ध्यान दिनुपर्ने सूचनामा उल्लेख छ। यसका लागि कामदारको व्यक्तिगत सरसफाइ, कच्चा पदार्थको स्वच्छता र परिसरको नियमित सफाइलाई प्राथमिकता दिनुपर्नेछ। खाना पकाउँदा र तयारी गर्दा स्वच्छ तथा गुणस्तरीय पानी र खाद्य वस्तु मात्र प्रयोग गर्न तथा खाद्य पदार्थलाई राम्ररी पकाएर मात्र ग्राहकलाई पस्कन निर्देशन दिइएको छ। क्रस-कन्ट्यामिनेसन (फोहोर र सफा वस्तु मिसिने प्रक्रिया) रोक्नका लागि पकाएको र नपकाएको खाद्य पदार्थलाई सधैँ छुट्टाछुट्टै राख्न र तयारी खानालाई सुरक्षित तापक्रममा राखेर संरक्षण गर्न विभागले आग्रह गरेको छ।
अनुमतिपत्र नलिई व्यवसाय सञ्चालन गरेमा वा तोकिएको न्यूनतम मापदण्ड र स्वच्छता कायम नगरेमा खाद्य स्वच्छता तथा गुणस्तर ऐन बमोजिम तत्कालै कानुनी कारबाही प्रक्रिया अगाडि बढाइने विभागले चेतावनी दिएको छ।








I’ve been playing here for a while and the payouts are surprisingly fast. Definitely one of the smoother experiences I’ve had online. Check out bdbouncingball88
Best betting experience I have had in Chile so far. The customer support is actually helpful and responds quickly to my questions. Big thumbs up for betonwincasinochile.
The app is a total game changer. I can play anywhere and the installation was a breeze. If you are looking for the best mobile experience try phplaytimeappdownload
Finally a platform that understands what Chilean players are looking for. Great bonuses and the customer support is very helpful. Give megawinchile a try, you won’t regret it.
I’ve been looking for a reliable spot like this for a while. The interface is super smooth and the payouts are actually fast. Highly recommend checking out phjl96 if you want a stress-free experience.
If you love roulette, this is the place to be. The graphics are crisp and the gameplay is fair. Highly recommended. ruletarusajuegoonline
Smart bankroll management is key with any online gaming, and seeing platforms like OKBet integrate GCash & PayMaya is a huge step for Filipino players. Quick deposits make responsible play easier! Check out okbet login download apk for a streamlined experience. It’s good to see security features too!
https://shorturl.fm/ec2E8
This focus on mandated hygiene standards highlights that trust is the most valuable commodity. Operational compliance, whether in food service or digital platforms, requires robust, traceable systems. Ensuring consumer safety is paramount, mirroring the strict regulatory environments seen in secure sectors like phl789 com. This systemic approach elevates the entire market.