विश्वकप फुटबल २०२६: फ्रान्सका एम्बाप्पेलाई ऐतिहासिक गोल्डेन बुट, च्याम्पियन स्पेनलाई अवार्डमा वर्चस्व
175 पटक पढिएको
काठमाडौँ । फ्रान्सका स्टार फरवार्ड किलियन एम्बाप्पे फिफा विश्वकप फुटबलको इतिहासमा लगातार दुई पटक गोल्डेन बुट जित्ने पहिलो खेलाडी बनेका छन् । सन् २०२६ को विश्वकपमा एम्बाप्पेले आठ खेलमा १० गोल गर्दै प्रतियोगिताको सर्वाधिक गोलकर्ताको रूपमा यो प्रतिष्ठित सम्मान आफ्नो नाममा लेखाएका हुन् । उनले आठ गोल गरेका अर्जेन्टिनाका कप्तान लियोनेल मेसीलाई पछि पार्दै गोल्डेन बुट जितेका हुन्, जसमा तेस्रो स्थानका लागि इंग्ल्यान्डविरुद्ध भएको खेलमा दुई गोल गर्दै उनले मेसीलाई उछिनेका थिए । यसअघि कतारमा भएको सन् २०२२ को विश्वकपमा पनि आठ गोलसहित सर्वाधिक गोलकर्ता बनेका २७ वर्षीय एम्बाप्पे सन् १९७० मा पश्चिम जर्मनीका गर्ड मुलरपछि एकै विश्वकपमा १० वा सोभन्दा बढी गोल गर्ने पहिलो खेलाडी पनि बनेका छन् । यसका साथै पुरुष विश्वकप इतिहासमा एम्बाप्पेको कुल गोल संख्या २२ पुगेको छ, जुन मेसीको भन्दा एक गोल बढी हो । एम्बाप्पेले जारी संस्करणको समूह चरणमा सेनेगल र इराकविरुद्ध दुई–दुई गोल गरेका थिए भने अन्तिम ३२ मा स्विडेन, अन्तिम १६ मा पाराग्वे र क्वार्टरफाइनलमा मोरक्कोविरुद्ध गोल गरेका थिए ।
विश्वकपको फाइनल खेलमा मेसीसँग ह्याट्रिक गर्दै एम्बाप्पेलाई उछिन्ने अवसर भए पनि स्पेनसँग १–० ले पराजित भएको खेलमा उनले गोल गर्न नसक्दा प्रतियोगिता आठ गोलमै समाप्त गरे । यस संस्करणमा इंग्ल्यान्डका जुड बेलिङ्घम र नर्वेका एर्लिङ हालान्डले समान सात गोल गरे भने फ्रान्सका उस्मान डेम्बेले र इंग्ल्यान्डका कप्तान ह्यारी केन पनि उच्च गोलकर्ताको सूचीमा रहे । यद्यपि फ्रान्स तेस्रो स्थानको खेलमा इंग्ल्यान्डसँग ६–४ ले पराजित हुँदै चौथो स्थानमा सीमित भयो ।
अर्कोतर्फ, फिफा विश्वकप २०२६ मा स्पेनले टोलीगत सफलतासँगै अधिकांश व्यक्तिगत अवार्ड पनि आफ्नो नाममा पार्दै विश्व फुटबलमा ऐतिहासिक दबदबा कायम गरेको छ । प्रतियोगिताभर उत्कृष्ट नेतृत्व, खेल नियन्त्रण र निरन्तर प्रदर्शनका आधारमा स्पेनका मिडफिल्डर रोड्रीले अर्जेन्टिनाका लियोनेल मेस्सी र फ्रान्सका किलियन एम्बाप्पेलाई पछि पार्दै विश्वकपको गोल्डेन बल अर्थात् सर्वोत्कृष्ट खेलाडीको उपाधि हात पारे । त्यसैगरी, प्रतियोगिताभर निर्णायक बचाउ गर्दै स्पेनलाई विश्वविजेता बनाउन महत्वपूर्ण भूमिका खेलेका उनाई सिमोनलाई सर्वोत्कृष्ट गोलरक्षकको ‘गोल्डेन ग्लोभ’ अवार्ड प्रदान गरियो । स्पेनकै १९ वर्षीय डिफेन्डर पाउ कुबार्सीले युवा उमेरमै उत्कृष्ट र परिपक्व प्रदर्शन गर्दै ‘सर्वोत्कृष्ट युवा खेलाडी’ को सम्मान प्राप्त गरे । मैदानमा अनुशासित खेल प्रदर्शन गरेबापत फेयर प्ले ट्रफी पनि स्पेनले नै जित्यो । यसरी टोलीगत उपाधिसहित सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट युवा खेलाडी र फेयर प्ले अवार्ड गरी स्पेनले यस विश्वकपका अधिकांश प्रमुख सम्मानहरू आफ्नो पक्षमा पार्न सफल भयो ।








https://shorturl.fm/MivFW