बुबाको चक्कु प्रहारबाट छोराको ज्यान गयो
196 पटक पढिएको
बुटवल ।रुपन्देहीको तिलोत्तमा नगरपालिका-१० मैनिहवामा घरायसी विवाद उग्र बन्दा बुबाको चक्कु प्रहारबाट २१ वर्षीय छोरा सरोज चौधरीको उपचारका क्रममा ज्यान गएको छ।
सुरुमा सिँढीबाट लडेर जमिनमा रहेको चक्कुले ढाडमा काटेको भन्दै घाइते सरोजलाई मणिग्रामस्थित क्रिमसन अस्पताल पुर्याइएको थियो। अस्पतालबाट प्राप्त यही सूचनाका आधारमा घटनास्थल पुगेर अनुसन्धान अघि बढाएको प्रहरीले पारिवारिक विवादका क्रममा ४५ वर्षीय बुबा सहसराम चौधरीले चक्कु प्रहार गरेको रहस्य खोलेको हो।
क्रिमसन अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि भैरहवास्थित मेडिकल कलेज पठाइएका सरोजको सोही साँझ उपचारकै क्रममा मृत्यु भएको हो। घटनामा संलग्न बुबा सहसरामलाई प्रहरीले नियन्त्रणमा लिई यस सम्बन्धमा थप अनुसन्धान अगाडि बढाएको छ।







