सिद्दलेक ३ मा मकैबारीमा अचेत भेटिएकी महिलाको मृत्यु
105 पटक पढिएको
धादिङ- धादिङको सिद्धलेक गाउँपालिका–३ दुमिडाँडामा मकैबारीमा अचेत अवस्थामा भेटिएकी एक महिलाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार बिहीबार साँझ करिब ६:३० बजे स्थानीय मीन नारायण श्रेष्ठको मकैबारीमा स्थानीय कुम्भकुमारी श्रेष्ठ अचेत अवस्थामा फेला परेकी थिइन्। उनलाई तत्काल घरमा ल्याइए पनि घर पुग्नासाथ मृत्यु भएको स्थानीयले बताएका छन्।
घटनाको कारण खुल्न बाँकी रहेको र यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।








https://shorturl.fm/eW8oE