सुनसरीमा दुई समूहबिच झडप: प्रहरीको गोली लागेर युवकको मृत्यु, दुई गाउँपालिकामा निषेधाज्ञा जारी
156 पटक पढिएको
विराटनगर । सुनसरीको कप्तानगन्जमा साउने सोमबारको पूर्वसन्ध्यामा बोलबम यात्राको तयारी गरिरहेका बेला दुई समूहबिच उत्पन्न विवाद उग्र बन्दा एक युवकको मृत्यु भएको छ भने अवस्था तनावग्रस्त बनेको छ। स्थिति नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर सोही ठाउँका २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको हो।
साउने सोमबारका अवसरमा सप्तकोसी नदीतर्फ जान युवाहरूको एउटा समूह डिजे बजाउँदै तयारी गरिरहेको बेला अर्को समूहले रातिको समयमा होहल्ला र अवरोध पुगेको भन्दै आपत्ति जनाएपछि विवाद सुरु भएको स्थानीयले बताएका छन्। सामान्य भनाभनबाट सुरु भएको विवाद बढ्दै जाँदा दुवै पक्षबिच भौतिक आक्रमण र तोडफोडको स्थिति सिर्जना भएको थियो।
दुई पक्षबिचको झडप हिंसात्मक बनेपछि नियन्त्रणमा लिन सुरक्षाकर्मीले बल प्रयोग गरेका थिए। गोली लागेर गम्भीर घाइते भएका मेहतालाई उपचारका लागि विराटनगरस्थित न्युरो अस्पताल पुर्याउनासाथ चिकित्सकले मृत घोषणा गरेका थिए। झडपमा अन्य १० जना घाइते भएका छन्, जसको विराटनगरका न्युरो, विराट नर्सिङ र नोबेल मेडिकल कलेज लगायतका अस्पतालहरूमा उपचार भइरहेको छ।
घटनापछि इनरुवास्थित जिल्ला सुरक्षा समितिको आकस्मिक बैठकले स्थिति तत्काल नियन्त्रणमा लिन बल प्रयोग गर्ने निष्कर्ष निकालेको थियो। सुरक्षाकर्मीको व्यापक परिचालनपछि हाल घटनास्थलको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
यसैबिच, सम्भावित थप हिंसा र अशान्ति रोक्न जिल्ला प्रशासन कार्यालय सुनसरीले हरिनगर गाउँपालिका र देवानगञ्ज गाउँपालिकाको सम्पूर्ण क्षेत्रमा निषेधाज्ञा (कर्फ्यु) जारी गरेको छ। जिल्ला सुरक्षा समितिको निर्णयअनुसार प्रमुख जिल्ला अधिकारीले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३(क) बमोजिम सोमबार बिहान ७ बजेदेखि साँझ ७ बजेसम्मका लागि निषेधाज्ञा लागू गरेका हुन्।
निषेधाज्ञा अवधिभर तोकिएका क्षेत्रमा एकै स्थानमा पाँच जनाभन्दा बढी व्यक्ति भेला हुन, जम्मा हुन तथा कुनै पनि किसिमका समूहगत गतिविधि गर्न पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ। आदेश उल्लंघन गर्ने व्यक्तिलाई पाँच सय रुपैयाँसम्म जरिवाना र एक महिनासम्म कैद सजाय हुन सक्ने चेतावनी दिँदै जिल्ला प्रशासन कार्यालयले सर्वसाधारणलाई शान्ति, सुरक्षा र सार्वजनिक सुव्यवस्था कायम राख्न सहयोग गर्न आग्रह गरेको छ।








Ugh, finally a minute! 😅 The mobile aspect sounds useful, but remember to check the withdrawal rules first. For more tips, check out 234win 444 vip. Hope this helps! ✨
https://shorturl.fm/Rtsdj
https://shorturl.fm/UK3uG