सिद्धलेकमा सडकखण्डको झिलिमिली बत्तीमा विद्युत् सर्ट: पोलमै आगलागी हुँदा सुरक्षा चिन्ता, ‘विद्युतीय पासो’ बन्ने जोखिम
86 पटक पढिएको
धादिङ । धादिङको सिद्धलेक गाउँपालिकाले ‘उज्यालो सिद्धलेक’ कार्यक्रमअन्तर्गत कालू पाण्डे सडक खण्डमा जडान गरेको सडक किनाराको झिलिमिली बत्तीमा विद्युत् सर्ट भई पोलमै आगलागी हुन थालेको छ।
जडान गरिएको करिब एक महिनाअघि मात्रको संरचनामा समस्या उत्पन्न भएपछि यसले गर्दा बत्ती नबल्ने, करेन्ट चुहिने र आगलागी हुने जस्ता गम्भीर जोखिम बढेको हो।
शुक्रवार साँझ सिद्धलेक गाउँपालिका–१ को बैरेनी चोकमा जडान गरिएको झिलिमिली बत्तीमा विद्युत् सर्ट भई आगलागी भएको स्थानीय भगवान भट्टले बताउनुभयो। भट्टका अनुसार मुख्य बजार क्षेत्रमै यस्तो घटना भएपछि जुनसुकै बेला ठूलो दुर्घटना हुन सक्ने चिन्ता बढेको छ। बत्तीमा आएको प्राविधिक समस्याले आगलागी र करेन्ट लाग्ने जोखिम बढेको भन्दै स्थानीयले तत्काल मर्मत तथा प्राविधिक परीक्षणको माग गरेका छन्।
गाउँपालिकाको ‘उज्यालो सिद्धलेक’ कार्यक्रमअन्तर्गत कालू पाण्डे सडक किनारामा गाउँपालिकाको लोगो र नेपाल सरकारको निशान छाप अंकित झण्डा राखिएका छन्। ती झण्डा गाडिएका फलामका पोलमा झिलिमिली बत्ती समेत जडान गरिएको छ। तर जडान भएको छोटो समयमै बत्तीमा प्राविधिक समस्या देखिन थालेको स्थानीयको गुनासो छ।
स्थानीयका अनुसार यसअघि पनि बुङचुङ चोकमा राखिएको झिलिमिली बत्तीमा विद्युत् सर्ट भएको छ भने डुम्रेखोलामा जडान गरिएका दुईवटा पोलका बत्तीसमेत बिग्रिएका छन्। केही बत्ती पूर्ण रूपमा निभिसकेका छन् भने कतिपय फलामका पोलमा करेन्ट सर्ट भइरहेकाले सर्वसाधारणका लागि यो विद्युतीय पासो बन्ने खतरा बढेको सर्वसाधरणको भनाई छ ।
झिलिमिली बत्ती जडान गरिएको लाइनमा पटक–पटक विद्युत् सर्ट भइरहेकाले आगलागी, करेन्ट लाग्ने तथा अन्य अप्रिय दुर्घटना हुन सक्ने जोखिम बढेको भन्दै स्थानीयले सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्। उनीहरूले गाउँपालिकासँग तत्काल प्राविधिक निरीक्षण गरी बिग्रिएका संरचनाको मर्मत, विद्युत् प्रणालीको गुणस्तर परीक्षण तथा आवश्यक सुरक्षा उपाय अपनाउन माग गरेका छन्। समयमै समस्या समाधान नभए ठूलो मानवीय तथा भौतिक क्षति हुन सक्ने उनीहरूको आशंका छ।








This platform sounds slick, but remember that even great access like the x777 asia login login requires serious caution. Don’t let the slick UI distract you from sound financial planning. Be smart out there! x777 asia login login