पत्रकार परिचयपत्रको आडमा लागुऔषधको धन्दा: खैरो हेरोइनसहित तीनजना पक्राउ

314 पटक पढिएको

२१ श्रावण २०८३, बिहीबार ०७:४२ सम्पादक: धादिङ न्यूज

काठमाडौं। पत्रकारिता क्षेत्रको मर्यादा र प्रेसको पहुँचलाई दुरुपयोग गर्दै लागुऔषधको अवैध कारोबार भइरहेको गम्भीर तथ्य बाहिर आएको छ। ‘प्रेस’ लेखिएका सवारीसाधन र पत्रकार परिचयपत्र देखेपछि प्रहरीले सर्वसाधारणझैँ कडा चेकजाँच गर्दैन भन्ने मनसायको गलत फाइदा उठाउँदै लागुऔषध तस्करी भइरहेको अवस्थामा प्रहरीले तीन जनालाई पक्राउ गरेपछि यो बदनामीपूर्ण धन्दा उजागर भएको हो।
लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय बर्दिबासबाट खटिएको विशेष प्रहरी टोलीले सिन्धुलीको दुधौली नगरपालिका–९ स्थित सडक खण्डबाट खैरो हेरोइनसहित तीन जनालाई नियन्त्रणमा लिएको छ। सिरहाको मिर्चैयाबाट काठमाडौंतर्फ जाँदै गरेको बा १६ च ७८४६ नम्बरको कारलाई शंकास्पद आधारमा रोकेर खानतलासी गर्दा गियर बक्सभित्र विशेष रूपमा लुकाएर ल्याइएको ४४ ग्राम ३४० मिलिग्राम खैरो हेरोइन बरामद भएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा सिरहाका २६ वर्षीय उमेश कुमार यादव, ३० वर्षीय रमेश कुमार राम र २५ वर्षीय गुल्सन प्रसाद साह रहेका छन्। कार चालक उमेश कुमार यादवको साथबाट ‘जनजागरण खबर’ नामक सञ्चारमाध्यमको पत्रकार परिचयपत्र फेला परेको छ। प्रारम्भिक अनुसन्धानअनुसार उनीहरूले प्रहरी सुरक्षा र चेकजाँचबाट बच्नका लागि नै पत्रकार परिचयपत्रको ओझेलमा लागुऔषध ओसारपसार गर्ने रणनीति बनाएको खुलेको छ।
पछिल्लो समय सवारीसाधनमा ‘प्रेस’ लेख्ने, परिचयपत्र बोक्ने र पत्रकारको आवरणमा गैरकानुनी धन्दा सञ्चालन गर्ने गिरोह सक्रिय बन्दै गएको छ। राज्यको चौथो अङ्गका रूपमा रहेको पत्रकारिता क्षेत्रलाई समाजले दिने सम्मान र सुरक्षा निकायले गर्ने सहजीकरणको दुरुपयोग गर्दै आपराधिक समूहले यसलाई ढाल बनाउन थालेका छन्।
सवारीमा ‘प्रेस’ लेखिएका गाडीहरूलाई प्रहरीले सहजरूपमा छाडिदिने परिपाटीको फाइदा उठाउँदै अपराधीहरूले लागुऔषध, तस्करी र अन्य अवैध सामान ओसारपसारमा यसको प्रयोग बढाएका हुन्। यस घटनाले वास्तविक, अहोरात्र खटिने मर्यादित पत्रकारहरूको साखमाथि गम्भीर आँच पुर्‍याएको छ भने समग्र सञ्चार क्षेत्रकै बदनाम गराएको भन्दै सञ्चारकर्मीहरूले समेत चिन्ता व्यक्त गरेका छन्।

लागुऔषध नियन्त्रण ब्युरो बर्दिबासका अनुसार पक्राउ परेका तीनै जनामाथि लागुऔषध (नियन्त्रण) ऐन बमोजिम थप अनुसन्धान प्रक्रिया अघि बढाइएको छ।
प्रहरीले केवल लागुऔषध कारोबारमा मात्र नभई उनीहरूले प्राप्त गरेको पत्रकार परिचयपत्र सक्कली वा नक्कली के हो, कसको सिफारिस वा मिलेमतोमा जारी भएको हो भन्ने विषयमा पनि सुक्ष्म अनुसन्धान सुरु गरेको छ। पत्रकारिताको परिचयपत्र दुरुपयोग गरी आपराधिक गतिविधिमा संलग्न जोकोहीलाई कडा भन्दा कडा कारबाही गरिने र अबका दिनमा ‘प्रेस’ लेखिएका शंकास्पद सवारीसाधनहरूमाथि पनि प्रहरीको चेकजाँच थप कडा पारिने प्रहरीले जनाएको छ।

Stepping into this place feels like walking into a familiar lounge where everyone knows your name. The games load instantly and the team keeps things running smoothly behind the scenes. It is my favorite way to unwind on weekends. Check it out at taya774login