चालिसेमा पहिरो खसेर अवरुद्ध भएको पृथ्वीराजमार्ग चार घण्टापछि दुईतर्फी सञ्चालनमा
155 पटक पढिएको
धादिङ । पृथ्वीराजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२, चालिसेमा सुक्खा पहिरो खसेर अवरुद्ध भएको सडक करिब चार घण्टापछि दुईतर्फी रूपमा सञ्चालनमा आएको छ।
आज बिहान करिब ५ः४५ बजे सडक माथिबाट अचानक सुक्खा पहिरो खसेपछि पृथ्वीराजमार्ग पूर्णरूपमा अवरुद्ध भएको थियो। पहिरो खसेसँगै सडकमा सवारीसाधनको आवागमन रोकिँदा राजमार्गको दुवैतर्फ लामो समयसम्म सवारीसाधनको लाइन लागेको थियो।
पहिरोका कारण विशेषगरी काठमाडौँतर्फ जाने तथा काठमाडौँबाट धादिङ, चितवन र पोखरातर्फ जाने सवारीसाधन प्रभावित भएका थिए। राजमार्ग अवरुद्ध भएपछि यात्रु तथा चालकहरू सडक खुल्ने प्रतीक्षामा बस्न बाध्य भएका थिए।
घटनापछि सुरक्षाकर्मीको समन्वयमा पहिरो पन्छाउने काम सुरु गरिएको थियो। सडकमा खसेको माटो, ढुंगा तथा अन्य अवरोध हटाएपछि करिब चार घण्टापछि राजमार्गमा दुईतर्फी यातायात सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको छ।
पहिरो पन्छाएपछि सवारीसाधन गन्तव्यतर्फ जान थाले पनि सडकको अवस्था र माथिल्लो भागबाट थप पहिरो खस्न सक्ने सम्भावनालाई ध्यान दिँदै सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ।
पृथ्वीराजमार्गको धादिङ खण्डमा वर्षायाममा पहिरोका कारण पटक–पटक यातायात प्रभावित हुँदै आएको छ। सडक माथिबाट पहिरो खस्ने तथा ढुंगा खस्ने जोखिमका कारण चालक तथा यात्रुलाई विशेष सतर्कता अपनाउनुपर्ने अवस्था रहेको छ।








The VIP perks here are actually worth it. I feel valued as a player and the bonuses are generous. Check out br222vip for a premium experience.